समय : ०३:२७ pm | सोमबार , भाद्र २९ गते २०८३

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका वास्तविक किसानले अनुदान पाएनन्,

सेवालुङ खवर | असार ७ गते २०८२

ताप्लेजुङ/ ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका किसानले वास्तविक किसानले अनुदान नपाउने गरेको गुनासो गरेका छन् । फुङ्लिङ नगरपालिका–८ दोखु मेवाराजाका किसानले कृषक लक्षित विभिन्न अनुदान वास्तविक किसानहरुले नपाएको गुनासो गरेका हुन् ।कोशी प्रदेश, उद्योग कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा दोखु मिडिया सेन्टरले शुक्रबार आयोजना गरेको ‘किसानसँग कृषिमन्त्री’ कार्यक्रममा सहभाभी किसानले वास्तविक किसानले अनुदान नपाउने गरेको गुनासो गरेका हुन् । बजारमा पसल, व्यवासय भएकाहरुको पहुँच पुग्ने र उनीहरुले अनुदान पाउने गरेको स्थानीय किसान मदन पौडेलले बताउनुभयो ।कृषक समूह दर्ता गरी बजारमा किराना, कपडा लगायतका व्यापार व्यवसाय गर्नेले अनुदान पाउने र गाउँका वास्तविक किसानले अनुदान नपाउने गरेको पौडेलको भनाइ छ। किसान लक्षित कार्यक्रम तथा अनुदान कार्यान्वयन गर्ने कृषि ज्ञान केन्द्रलगायतका निकायबाट पाउने त्यस्ता सुविधाहरु वास्तविक किसानले नपाउने गरेको उहाँले गुनासो गर्नुभयो ।यस्तै अर्का किसान मनुकादेवी नेपालले पनि कृषि कर्ममा निरन्तर खटिरहने वास्तविक किसान भन्दा टाठा, बाठा तथा पहुँच पु¥याउने कृषिमा संलग्न नभएकाले अनुदान र सहयोग पाउने गरेका गुनासो गर्नुभयो। वास्तविक किसानको दुःख र परिश्रमलाई हेरेर अनुदान र सहयोगहरु गरिदिन सम्बन्धित पक्ष र जनप्रतिनिधिलाई उहाँले आग्रह गर्नुभयो। उहाँहरुजस्तै अन्य किसानले पनि कृषि कर्ममा सधैं दुःख गर्ने र पसिना बगाउने वास्तविक किसानले अनुदान सहयोगहरु नपाउने गरेको गुनासो गरेका छन् । यता कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गाम सहभागी बन्नुभएको उक्त कार्यक्रममा सहभागी किसानले आफ्ना गुनासो सुनाउँदै आफूहरुलाई सहयोग गर्न पनि माग गरेका छन् । स्थानीय किसान गुरुभक्ति नेपालले खेती गर्न सिँचाइको समस्या रहेको र कुलो निर्माणका लागि बजेटको व्यवस्था गरी दिन मन्त्रीसमक्ष माग गर्नुभयो। यस्तै अग्निप्रसाद भण्डारीले बाख्रापालनका लागि सहयोग गर्न माग गर्नुभयो । स्थानीय किसान मदन पौडेलले सामूहिक गाई पालन गर्ने सोच रहेको र यसका लागि आवश्यक सहयोग गर्न माग गर्नुभयो । तरकारी खेती गर्दै आउनुभएकी किसान पवित्रा नेपालले परम्परागत शैलीमा खेती गर्दै आएको र आधुनिक खेती प्रविधि साथै प्राविधिक ज्ञान र सीपका लागि सहयोग गर्न मन्त्रीसमक्ष अनुरोध गर्नुभयो । यस्तै दोखुको मेवाराज टोलमा लिचि खेती, आँप खेती, टिमुर खेती, कफीजस्ता खेती गर्न सकिने भएकाले आवश्यक सहयोग गर्न किसानले मन्त्री हाङ्गामलाई आग्रह गरेका हुन्। यता किसानले गर्दै आएको खेती बाँदर, दुम्सीजस्ता जङ्गली जनावरले क्षति गर्ने गरेकाले जङ्गली जनावर नियन्त्रण गर्न सहयोग गर्न पनि मन्त्रीसमक्ष उनीहरुले आग्रह गरेका छन् । कार्यक्रममा सहभागी मन्त्री हाङ्गामले स्थानीय किसानको पीडा, आवश्यकता र मागबारे जानकारी लिने उद्देश्यले नै किसानसँग कृषिमन्त्री कार्यक्रम अघि बढाएको र आवश्यक सहयोगका लागि आफूले पहल गर्ने आश्वासन दिनुभयो। आगामी आर्थिक वर्षका लागि दोखुका किसानलाई लक्षित गरी केही बजेट तथा योजना विनियोजन गरी दिएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष क्षितिज सुनुवार, वडाका अन्य जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवीसहित स्थानीय किसानको सहभागिता रहेको थियो। विशेषगरी मन्त्रीसँग स्थानीय किसानले किसानको पीडा, आवश्यकता र ज्ञिजासाबारे प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्राप्त गरेका दोखु मिडिया सेन्टरका सञ्चालक माला पालुङ्वाले बताउनुभयो । उहाँका अनुसार किसानसँग कृषिमन्त्री कार्यक्रम मन्त्रीलाई प्रत्यक्ष भेट गर्ने अवसर प्राप्त गरेकोमा दोखुका किसानले खुशी व्यक्त गरेका छन् ।साभर : रेडियो तमोर,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्