ताप्लेजुङ/ताप्लेजुङको मुकुम्लुङ पाथीभरा क्षेत्रमा १० हजार बढी बिरुवा रोपिएको छ । केवलकारको विरोध गर्दै आएको मुक्कुम्लुङ सङ्घर्ष समितिु र ुनो केवलकारु समुहले शनिबार र आइतबार दुई दिन गरी वृक्षारोपण गरिएको हो । संर्घष समिति, नो केबलकारु समुह र अन्य स्थानीय व्यक्तिहरुको उपस्थितिमा बिरुवा रोपिएको बताइएको छ ।केवलकार निर्माणका लागि रुख कटान गरिएको स्थान र पाथीभरा क्षेत्रमा रहेका खाली क्षेत्रमाहरुमा बिरुवा रोपिएको हो । उक्त भेगमा उपयुक्त बिरुवाहरू गुराँस,चिमाल,गोब्रे सल्ला, लौठ सल्ला लगायतका जातका बिरुवाहरू रोपिएको छ । संघर्ष समितिले यस अघि पनि पाथीभरा क्षेत्रका बिभिन्न स्थानमा बिरुवा रोपेको थियो । केवलकार खारेजीको माग गर्दै आएको नो केवलकार समुहले कुनै हालतमा केबलकार बन्न नदिने अडान राख्दै आएको छ । त्यसैको बिरोध स्वरुप बिरुवा रोपिएको समितिको भनाई छ । यस्तै अन्य बिरोधको कार्यक्रम पनि जारी राखिएको संर्घष समितिले दाबी गरेको छ । केही समय अघि सर्बोच्च अदालतले भने सो क्षेत्रमा केबलकार निर्माणका कार्य रोक्नुपर्ने कारण नदेखिएको बताएपछी निर्माणको बाटो खुलेको छ ।साभार: विक्रम लाम्गादे
ताप्लेजुङको मुकुम्लुङ पाथीभरा क्षेत्रमा १० हजार बढी बिरुवा रोपियो,








