समय : ०६:४६ am | मङ्गलबार , भाद्र ३० गते २०८३

नो केबलकार पक्षद्धारा पाथीभरा क्षेत्रमा बृहत वृक्षारोपण

सेवालुङ खवर | असार २ गते २०८२

ताप्लेजुङ, जेठ ३१ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माण गर्नसुरु भएको केबलकार खारेजीको माग गर्दै नो केबलकारु पक्षले वृक्षारोपण गर्ने भएको छ । नोकेबलकार पक्षले आज र भोलि शनिबार र आइतबार) पाथीभरा क्षेत्रमा बृहत वृक्षारोपण गर्ने भएकोहो । पाथीभरा मुक्कुम्लुङ संरक्षण अभियान चलाउँदै आएको नो केबलकार पक्षले पूर्व घोषित कार्यक्रम अनुसार वक्षारोपण गर्न लागेको जनाएको छ । केबलकार निर्माण गरेर ऐतिहासिक पवित्रस्थलमाथि अतिक्रमण गर्न लागिएको भन्दै विगतदेखि नै केबलकार विरुद्ध आन्दोलन गर्दै आएको नो केबलकार पक्षले आन्दोलनकै कार्यक्रम अन्तर्गत वृक्षारोपण गर्न लागेको हो । नो केवलकार पक्षअन्तर्गत मुक्कुमलुङ तासेः प चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्षसमितिले पाथीभरामा निर्माण सुरु गरिएको केवलकार परियोजना खारेज गर्नुपर्ने अडान कायमै रहेकोउल्लेख गरेको छ । मुक्कुमलुङको पहिचान र अस्तित्व संरक्षणको आन्दोलनसँगै वार्ता, सम्वाद,कानुनी उपचारसहित सबैखाले उपायहरु नो केबलकार पक्षले अवलम्बन गरिरहेको पनि जनाएको छनो केवलकार पक्षले यसअघि गत जेठ पहिलो साता प्रेस विज्ञप्ति प्रकाशित गर्दै मुक्कुमलुङ संरक्षणका लागि भइरहेको पहलमा कुनै निस्कर्ष नपुगी काम सुरु गरेमा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ । सर्बोच्च अदालतमा दर्ता भएका रिटहरुको कुनै निर्णय भइनसकेको मुद्दाको किनारा नलागेसम्म केवलकार निर्माणको काम यथास्थितिमा राख्न भनी अदालतको आदेश भएको र उक्त आदेशको उल्लंघन भएमा जनताको सशक्त प्रतिरोध हुने पनि नो केबलकार पक्षले चेतावनी दिएको नो केवलकार पक्षको मुक्कुमलुङ ताङ्सेस्प चुम्भो अन्तर्गत १३ वटा संघ(संस्था आवद्ध छन् भने अन्तर दलतर्फ ११ वटा राजनीतिक पार्टी तथा संगठन आवद्ध छन् । यता शनिबार र आइतबार हुने बृहत वृक्षा रोपण कार्यक्रममा नो केबलकार पक्षमा आवद्ध देशभरका पाथीभरा संरक्षण अभियान कर्र्मीहरुको सहभागिता रहने मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्री लिखिमले जानकारी दिनुभयो । साभार उज्यालो,पोष्ट दैनिक,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्