समय : ०६:४३ am | मङ्गलबार , भाद्र ३० गते २०८३

समाचार हटाउने आदेश संविधान विपरीत,

सेवालुङ खवर | जेठ ३१ गते २०८२

काठमाडौं । नेपाल पत्रकार महासंघले काठमाडौँ जिल्ला अदालतले नेपालखबर डटकम र बिजमाण्डु डटकम अनलाइनमा प्रकाशित समाचार हटाउन दिएको आदेश पुनर्विचार गर्न आग्रह गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी समाचार हटाउन भन्दै अदालतले दिएको अन्तरिम आदेशको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । न्यायाधीश पिताम्बर शर्माको इजलासले मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै समाचार तुरुन्त हटाउन आदेश दिएको थियो। ‘महासंघले उक्त आदेशप्रति पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै अन्यथा त्यसविरुद्ध अदालती प्रक्रिया तथा अन्य गतिविधि गर्न बाध्य हुने प्रष्ट पार्दछ’– विज्ञप्तिमा भनिएको छ । समाचारका विषयमा चित्त नबुझे पीडितले उजुरी दिने ठाउँ प्रेस काउन्सिलको क्षेत्रा धिकार भएको पनि महासंघले अदालतलाई सम्झाएको छ । ‘यसरी सञ्चार माध्यममा प्रकाशित÷प्रशारित समाचारका विषयमा चित्त नबुझेको अवस्थामा पीडितको उजुरी लिने र त्यसबिरुद्ध कारबाही गर्ने प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारको विषय हो’– विज्ञप्तिमा उल्लेख छ– ‘काउन्सिलको क्षेत्राधिकारलाई नजरअन्दाज गर्दै अदालतबाट भएको यो आदेश प्रेस स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता, नेपालको संविधान २०७२का व्यवस्था र मर्मविपरीत भएको महासंघको ठहर छ ।’ संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको उल्लेख गर्दै संवैधानिक व्यवस्थालाई कुनै पनि निकायको आदेशले सीमित गर्न नसक्ने महासंघको ठहर छ । ‘लोकतन्त्रमा न्यायालयको निर्णय पालना हुनुपर्छ भन्नेमा महासंघ दृढ छ र सम्मान समेत गर्दछ । तर, अदालतको यो आदेश नेपालको संविधानका व्यवस्था र मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यास विपरीत भएकाले यसप्रति महासंघ आपत्ति प्रकट गर्दछ’– दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।साभार पुर्वाअञ्चल दैनिकमा प्रकाशित

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्