काठमाण्डौ/ नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज मिति २०८२ जेठ ७ गते पद बहाली गर्नुभएको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२ जेठ ६ गतेको निर्णय अनुसार डा. पौडेल बैंकको रिक्त गभर्नर पदमा नियुक्त हुनु भएको हो । नेपाल राष्ट्र बैंकको अठारौं गभर्नरको रूपमा पद बहाली अघिउहाँले आजै सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथागोपनीयताको सपथ लिनुभएको थियो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ (१) बमोजिम आफ्नोओहदाको काम सुरु गर्नुभन्दा अगाडि गभर्नरले प्रधान न्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष सपथलिनुपर्ने व्यवस्था रहेकोछ ।राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार, कोलोम्बो प्लानकाउन्सिलको अध्यक्ष तथा नेपाल उद्योग परिसंघको प्रमुख आर्थिक सल्लाहकारको रूपमा जिम्मेवारी निर्वाहगरिसक्नुभएका डा. पौडेल पछिल्लो समय काठमाडौं विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्थ्यो । डा. पौडेललेसन् २०१० मा अमेरिकाको क्यालिफोर्निया विश्व विद्यालय बाट कृषि तथा प्राकृतिक स्रोत अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । उहाँका अनुसन्धानात्मक लेखहरू राष्ट्रिय/अन्तर्राष्ट्रिय आर्थिक जर्नलमा प्रकाशित छन् ।

तस्विर गभर्नरको कार्यालय काठमाण्डौ,





