ताप्लेजुङ/ ताप्लेजुङ स्थित पाथीभरा/मुकुमलुङ, मन्दिरमा बैशाख महिनामा ६०,लाख ९०,हजार रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । पाथीभरा मन्दिरबाट बैशाख महिनामा ६०,लाख ९०,हजार रुपैयाँ भन्दा बढी भेटि संकलन भएका हो । बैशाख महिनामा मात्र ३८ हजार १ सय ७० जना दर्शनार्थीले पाथीभरा मन्दिर दर्शनका लागि पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । गत महिनामा विभिन्न बनद,हडताल आन्दोलन समस्याका कारणहरु भएनी मन्दिरको दर्शनमा आउने दर्शनार्थीहरु केहि मात्रामा संख्या बढेको पाथीभरा क्षेत्र विकास समितिले जानकारी गराएको छ । त्यसैले सदाझैं कार्तीक र फागुन,चैत्र, बैशाख महिनामा पनी मन्दिरको दर्शन गर्न आउने धेरै संख्याको मात्रा भन्दा मानिसहरु जाने गरेको र यद्यपी यो बर्ष फागुन चैत्र,बैशाख महिनामा पनि मन्दिरको दर्शन गर्न जानेको संख्या भने बढ्दो उल्लेख्य रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताउनु भएको छ ।






