भारत र पाकिस्तान बीचको विवाद दक्षिण एशियाको सबैभन्दा जटिल र लामो समयदेखि चलिरहेको भूराजनीतिक तनाव हो । यो विवाद केवल क्षेत्रीय सीमा वा स्रोतको लडाइँमा सीमित छैन, बरु यसको जरा इतिहास, धर्म, संस्कृति र औपनिवेशिक विरासतमा गहिरोसँग गाडिएको छ । ब्रिटिश औपनिवेशिक शासन कालमा रोपिएको भारत र पाकिस्तान बीचको साम्य नहुँदा विवाद पछिल्लो समय फेरि द्वन्द्वमा परिणत भएको छ । जसको प्रत्यक्ष असर नेपालमा पनि पर्न थालेको छ । प्रहरी प्रधान कार्यालयले नेपाल–भारत सीमामा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएकोसँगै त्यसको असर नेपालमा परेको देखिएको हो । निर्देशन अनुसार भारतसँग जोडिएको सीमामा सुरक्षामा सुरक्षा कडाइ समेत गरिएको प्रहरीले जनाएको छ । खासगरी भारतबाट विभिन्न नाका हुँदै नेपाल भित्रिने नेपालीलाई सीमा क्षेत्रमा लुट्ने गरेको पाइएको छ । भारतसँग सीमाना जोडिएका सुदूर पश्चिमका प्रमुख दुई नाका कैलालीको त्रिनगर भन्सार र कञ्चन पुरको गड्डाचौकी नाकामा नेपालीहरु चेक जाँचका क्रममा लुटिने गरेको उनीहरुले गुनासो गरेका छन् । भारत–पाकिस्तान बीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामा समेत परेको छ । नेपाल– भारत सीमा क्षेत्रमा सुरक्षा कर्मीहरूले आवत जावतमा कडाइ गर्न थालेका छन् । कामको सिलसिलामा भारतमा रहेका र नाकामा आवत जावत गर्ने नेपालीहरुले निक्कै समस्या भोग्नु परेको बताएका छन् । नाकामा चेकजाँचको क्रममा भारतीय सुरक्षा कर्मीहरुले अनावश्यक दुःख दिएर पैसा समेत लिने गरेको नेपालीहरुको गुनासो छ । कैलालीको त्रिनगर भन्सार नाकामा परिचय–पत्र देखाउँदा पनि भारतीय प्रहरीले आफ्नो खल्तीबाट एक हजार रुपैयाँ लिएको भारतबाट नेपाल फर्केका कैलालीका अर्जुनबहादुर पार्कीले बताए । यस्तै, भारतसँग सीमाना जोडिएका सुदूरपश्चिमका प्रमुख दुई नाका कैलालीको त्रिनगर ( गोरीफण्टा) भन्सार र कञ्चनपुरको गड्डा चौकी लगायतका नाकाहरुमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । यहाँका सबै नाकामा दुबै देशका सुरक्षाकर्मीहरू तैनाथ रहेका छन् । पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको कैलालीका सशस्त्र प्रहरी नायव निरीक्षक पदम धामीले बताए । नेपाल–भारत आवागमन गर्ने यात्रुहरुलाई सरकारले परिपत्र अनिवार्य गरेको छ । जम्मु–कस्मिरको पहलगाममा ९ वैशाखमा भएको आतङ्कवादी हमलामा एक नेपालीसहित २६ पर्यटक मारिएको घटनापछि भारत–पाकिस्तानबीच तनाव बढ्दा नेपालले सीमावर्ती नाकामा थप कडाइ गरेको हो । सुदूरपश्चिमका अधिकांश नेपालीहरु कामको सिलसिलामा भारतमा जाने गरेका छन् । भारत– पाकिस्तान बीचको पछिल्लो सैन्य तनावको प्रभाव यस क्षेत्रका सीमा नाकामा सबैभन्दा बढी रहेको छ । सीमानाका चेकजाँचका क्रममा नेपालीहरुलाई अनावश्यक दुःख दिने गरेको भारतबाट फर्केका अछामका रमेश थापाको बताए दुई शक्तिशाली राष्ट्र भारत र पाकिस्तान बीच तनाव बढेको बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको समग्र सुरक्षा अवस्थ ाबारे केही दिन पहिले छलफल गरेका थिए । पश्चिम नेपालमा सीमा क्षेत्रमा सतर्कता बढाइए पनि पूर्वमा भने खासै कडाइ नगरिएको बताइएको छ । पूर्वमा नेपाल भारत आउजाउमा सामान्य चेकजाँच गरिँदै आएको छ । भारतका ३२ विमानस्थल अस्थायी रूपमा बन्द पाकिस्तान सँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ । पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तर प्रदेश र कश्मीर लगायतका राज्यहरूमा रहेका ती विमानस्थलहरूमा उडान सेवा स्थगित गरिएको छ । भारतीय नागरिक उड्डयन मन्त्रालयद्वारा जारी बिज्ञप्तिमा भनिएको छ– उत्तर र पश्चिम भारतका ३२ विमानस्थलहरूमा अस्थायी रूपमा उडान बन्द गर्ने सूचना सम्बन्धित उड्डयन प्राधिकरणहरूले जारी गरेका छन् । मन्त्रालयले सबै एयरलाइन्स तथा उडान सेवा प्रदायक हरूलाई हालको हवाई यातायात सूचना अनुसार वैकल्पिक मार्गको योजना बनाउन अनुरोध गरेको छ ।साभार पूर्वा अञ्चल दैनिक
भारत र पाकिस्तान द्वन्द्व सीमामा लुटिँदै नेपाली,








