समय : ०३:४९ am | मङ्गलबार , भाद्र २९ गते २०८३

थाकथाकु माबोहांग चेम्जोंग बंश उत्थान संघको १५,औं केन्द्रीय परिषद भेला सम्पन्न,

सेवालुङ खवर | वैशाख २० गते २०८२

२०८२ वैशाख २० गते शनिबार मोरंग जिल्लाको जांते बजार सगरमाथा टोलमा थाकथाकु माबोहांग चेम्जोंग बंश उत्थान संघको केन्द्रीय परीषद भेला सम्पन्न भएको छ । थाक्थाकु माबोहांग चेम्जोंग बंश उत्थान संघको १५ औ केन्द्रीय परिषद भेला मोरंग जिल्लाको जांते बजार सगरमाथा हरीयाली वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको हो । उक्त परिषदको उदघाटन समाजसेबी तथा थाकथाकु माबोहांग चेम्जोंग बंश उत्थानसंघका पूर्व केन्द्रीय सदस्य रहेर बंशका लागि अहोरात्र खटी योगदान दिनु हुने श्री दल प्रसाद चेम्जोंग ज्यू को प्रमुख अतिथ्यमा भएको थियो । लिम्बूहरूको केलांग बाट कार्यक्रम को सुरूवात भएको थियो । कार्यक्रममा केन्द्रीय परिषद सभाध्यक्ष थाक्थाकु माबोहांग चेम्जोंग बंश उत्थान संघका केन्द्रीय अध्यक्ष टेक रत्न चेम्जोंगको सभापत्तीत्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संन्चालन भने उत्थान संघका केन्द्रीय सदस्य राज भक्त चेम्जोंगले गर्नु भएको थियो । १५ औ केन्द्रीय परिषद भेलामा बिभिन्न तह र तप्का का हुनुहार ब्याक्तित्व हरू लाई समेत सम्मान गर्ने कार्यक्रम पनी रहेको थियो । संघको केन्द्रीय परीषद भेलाले चेम्जोंग बंश भित्रका खेलाडी ,विद्यार्थी अन्डर फिपटिन १५को गोल्ड मेड लिस्ट,तथा कलाकार हरुलाई सम्मान पत्र प्रदान गरिनुका साथै सम्मान गरएिको निश्चल चेम्जङ याक्थुङ्साले जानकारी बताउनु भयो ।

फाटो:तस्विर,निश्चल चेम्जङ याक्थुङ्सा,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्