ताप्लेजुङ /संघीय लिम्बुवान प्रान्तिय मञ्च नेपाल फक्ताङलुङ गाउँ कार्य समितिले २ सय ८५ मेघावाट अपर तमोर हाइड्रोपावर परियोजना आफ्नो संगठनलाई थाहा नदिई निर्माण कार्य अघि बढाएको बताएको छ । मंगलबार फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गरी मुन्धुम बचाउनका लागि लडिरहेको संगठन संघीय लिम्बुवान मञ्च संग कुनै बिना जानकारी सरकार र सत्तामा रहेका राजनीतिक दलसंग आन्तरिक सम्झौता गरी निर्माण कार्य सुरु गरेको प्रति भत्र्सना र बिरोध गरेको हो । साथै स्थानीय मुलबासी तथा संघीय लिम्बुवान मञ्च संग वार्ता संवाद, छलफल गर्न पनि बिज्ञप्तीमार्फत आग्रह गरिएको छ । साथै निर्माण कम्पनी र राज्यले स्थानीय स्वायत्तता र मुन्धुमको बोटमा हजारौँ बुल्डोजरहरु चलेको स्वीकार्य नहुने समेत चेतावानी दिएको छ । आफूहरु कुनै बिकास बिरोधी नभई सकारात्मक बिकासको पक्षमा रहेको र नीति नियम, कानून अधिकारको पुर्याएर निर्माण गरे आफूहरुको सम्मानजनक सहयोग रहने संघीय लिम्बुवान प्रान्तिय मञ्च नेपाल फक्ताङलुङ कार्य समिति अध्यक्ष अदिप लिम्बु तबेबुङले बताउनुभयो । अपर तमोर हाइड्रोपावरको निर्माण कार्य फक्ताङलुङ गाउँपालिका स्थित वडा नं. ३ र ५ मा सञ्चालन भइरहेकोमा स्थानीयको बिरोधका कारण गत बैशाख ३ गतेदेखि सुरुङमार्ग निर्माण लगायतको काम अवरुद्ध भएको छ ।पत्रकार सम्मलेनमा बोल्दै पहिचानवादी नेता मुक्साङ लाबुङ (लिम्बु) ले राज्यको दमन जिल्लाका मूलबासीलाई स्वीकार्य नहुने बताउनुभयो । जिल्लाको भाषा, धर्म, संस्कृति जोगाउनका लागि आफूहरु दिनरात नभनी लागि परेको उल्लेख गर्दै नेता लाबुङले स्थानीय जनताको भावना र चाहनाबिपरितको कुनै पनि बिकास निर्माणको औचित्य नहुन्े उहाँको भनाई छ । पत्रकार सम्मलेनमा तमोर नदीको पबित्रता, उत्पत्ती र महत्वका बारेमा समेत चर्चा गरिएको संघीय लिम्बुवान मञ्च फक्ताङलुङ कार्य समितिका सचिव सेमी लिम्बु याक्थुङबाले जानकरी दिनुभयो ।साभार रेडियो तमोर









