ताप्लेजुङ/ताप्लेजुङको पथीभरा क्षेत्रमा केवलकार निर्माण निरन्तर विबाद भएपछी मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चैत २५ गते देखि कर्याक्रम गर्ने भनिएको अनिश्चितकालीन यातायात बन्द स्थगन भएकोे छ । चैत २५ गते देखि गर्ने भनिएको अनिश्चितकालीन यातायात बन्द स्थगन भएको संरक्षण अन्तरदलीय संघर्ष समितिले जनाएको हो । प्रदेश नं १ को एशियन हाईवे बाट उत्तरी खण्ड, मेचि हाईवे, तम्मर करिडोर, धनकुटे रोड लगायत सबै सडक बन्द गर्ने कार्यक्रम स्थगन भएको विज्ञिप्त मार्फत उल्लेख गराएको हो । संस्कृति, सम्पदा, सभ्यतामा रहेको “मुक्कुमलुङ मुन्धुमीस्थल माथिको सांस्कृतिक संहार,cultural Genocide,गोलि काण्ड, राज्यको मानवता विरोधी फुङ्लिङ काण्ड विरुद्द र केबलकार खारेजी,यातायात बन्दको कार्यक्रमहरु जस्ता संघर्ष समितिले घोषणा गरेको थियो । संघर्ष समितिले प्रदेश नं १को विभिन्न ठाउँहरुमा चरणबद्ध कार्यक्रमहरु निरन्तर विस्तारगर्दै आईरहेको छ । गत महिनाको चैत्र १३ गते सर्वोच्च अदालतवाट केवलकार निर्माणको कामलाई यथास्थितिमा राख्नु भनी अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । र यस विषयको गाम्भिर मनन गर्दै निर्माण पक्ष र आन्दोलनरत पक्ष बिच यहि २६ चैत्रमा पेशी तोक्ने आदेश दिएपछि उक्त यस विषयलाई मध्यनजर गर्दै तत्काललाई पूर्व निर्धारित कार्यक्रमहरु स्थगन गरेको शुक्रबार एक विज्ञप्ति मार्फत जारी गर्दै संघर्ष समितिले बताएको छ । केबलकार निमार्ण खारेज आन्दोलनरत पक्षका नेतृत्वहरु कुनैपनि हालतमा पछि नसर्ने नहट्ने र जस्तोसुकै निर्णय आएपनि केवलकार निर्माण हुन नदिने पक्षमा रहेको वताएकाछन् । केवलकार निर्माणलाईं उनीहरुले बारम्बर अस्विकारगर्दै आएका छन् ।










