समय : ११:५७ pm | आइतबार , भाद्र २८ गते २०८३

प्रसिद्ध धार्मिक तीर्थ स्थल ताप्लेजुङको पाथीभरामा दर्शनार्थीको भिड बढ्यो,

सेवालुङ खवर | चैत्र २२ गते २०८१

ताप्लेजुङ/ नेपालकै प्रसिद्ध धार्मिक तीर्थ स्थल ताप्लेजुङको पाथीभरा दर्शनार्थीका भिड बढेको छ । नवरात्री दशैँ तथा रामनवमीको अवसर पारेर पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीको भिड बढेको हो ।पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र काफ्ले पाटी माथिल्लो फेदीको होटल भरिभराउ भएको जानकारी दिए । कार्यकारी निर्देशक हाङवाङका अनुसार मौसम अनुकुल भएको कारण पनि अव पाथीभरा दर्शन गर्ने तीर्थयात्रीको सङ्ख्या दिन प्रतिदिन बढ्ने जानकारी दिए ।माथिल्लो फेदीका होटल व्यवसायी तथा पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा दर्शन गर्ने तीर्थयात्रीले माथिल्लो फेदी आज भोलि र पर्सिको लागि होटल बुक भई सकेको वेलकमखबरलाई जानकारी दिए । यता सदरमुकाम फुङलिङका पाथीभरा होटल सञ्चालक नन्दु बानियाँले आज देखि २५ गते सम्म होटल बुक भई सकेको जानकारी दिए ।अर्का होटल व्यवसायी होटल प्यारीजका सञ्चालक सविन बानियाँ सोमवार सम्म होटल बुक भई सकेको जानकारी दिएका छन । ताप्लेजुङ सदरमुकाम फुङलिङमा एक सुकेटार २४ वटा काफ्ले पाटीमा करिब १५ वटा र काफ्ले पाटी देखि माथिल्लो फेदी सम्म २२ वटा होटल रहेको छन ।आज शुक्रवार पाथीभरामा १ हजार २ सय ३३ जनाले दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

तस्विर:बसन्त लिम्बू (लाबुङ),

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्