समय : ११:२८ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको सानिमा मिडल तमोर हाइड्रोपावर तीन साता अघिदेखि बन्द

सेवालुङ खवर | चैत्र १९ गते २०८१

ताप्लेजुङ/ताप्लेजुङमा निर्माण सम्पन्न भएकामध्ये सबैभन्दा ठुलो हाइड्रोपावर सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको उत्पादन करिब तीन साता अघिदेखि बन्द भएको छ । ७३ मेगावट क्षमताको हाइड्रोपावरको उत्पादन गत फागुन २८ गतेबाट ठप्प भएको हो ।आयोजनाको ड्यामसाइडमा मर्मत सम्भारको कार्य जारी रहेकाले विद्युत् उत्पादन बन्द रहेको जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिन भित्रै विद्युत् उत्पादनको कार्यलाई सुरु गर्ने गरी निर्माणको कार्य तिव्र गतिमा भइरहेको छ ।बर्खायामको समयमा आएको बाढी पसेर ड्यामसाइडमा क्षति पु¥याएको थियो ।जसका कारण क्षमता अनुसारको उत्पादन नभएकाले मर्मतको कार्य अघि बढाइएको आयोजनाले जनाएको छ ।करिब एक वर्ष अगाडिदेखि उत्पादन सुरु गरेको आयोजनाको विद्युत् कोशी कोरिडोर प्रसारण लाइनमा जडान गरिएको छ ।साभार रेडियो तमोर

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्