समय : ११:२८ pm | आइतबार , भाद्र २८ गते २०८३

पत्रकार महासंघ ताप्लेजुङ, शाखाद्धरा प्रशासन मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र,

सेवालुङ खवर | चैत्र १७ गते २०८१

ताप्लेजुङ,/ ताप्लेजुङमा आज पत्रकारहरुको पेशागत सुरक्षा र जीवन रक्षाको माग गर्दै नेपाल पत्रकार महासंघ ताप्लेजुङले जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघको केन्द्रियमा बसेको बैठक अनुसार जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो । नेपाल पत्रकार महासंघ शाखा ताप्लेजुङका केन्द्रीय सदस्य माला पालुङवा, संस्थापक सभापति मनमणि काफ्ले,पूर्व अध्यक्षहरु खगेन्द्र अधिकारी,राजेन्द्र श्रेष्ठ, सहित पत्रकार महासंघका पदाधिकारी तथा सदस्यको उपस्थितिमा ताप्लेजुङ जिल्ला शाखा अध्यक्ष सुवास आचार्यले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई उक्त ज्ञापनपत्र बुझाउनु भएको थियोे । ज्ञापनपत्रमा पत्रकारको सुरक्षा गर्न, पत्रकार माथिको दुर बयवहार,हिंसात्मक आक्रमण कार्य गर्ने संलग्नलाई कडा कानुनी दायरामा ल्याउन तथा सञ्चारमाध्यम माथिको आक्रमण बन्द गर्न जस्ता मागहरु उल्लेख गरिएको छ । नेपाल पत्रकार महासंघले माग पूरा नभए पत्रकार महासंघ चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने समेत विज्ञप्तिमा उल्लेख गराईएको छ । राजावादी सर्मथकको आन्दोलन भएको क्रममा चैत १५ गते काठमाडौं तिनकुने अवस्थित एभिन्युज टेलिभिजनका फटो पत्रकार सुरेश रजकको कार्य स्थलमै विभत्स र सुनियोजित ढंगले मृत्यु भएको थियो । उक्त आन्दोलनको क्रममा कयौं ठाउँमा भएका हिंसात्मक घटना र सञ्चारकर्मी तथा सञ्चार संस्थाहरुमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघले बिरोध गर्दै आइरहेको छ । ज्ञापनपत्र बुझ्नुहुदै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले प्राप्त विज्ञप्ति अनुसार तत्कालै संम्बधित निकायमा फर्वाड गर्ने बताउनु भएको छ । पत्रकारको पेशागत सुरक्षा,र जीवन रक्षार्थको सवाल प्रती स्थानीय प्रशासन गम्भिर रहेको र नेपाल सरकारले समेत यस्ता बिषयमा गम्भिरता पूर्वक कदम चालिरहेको पनी प्र.जि अ.शर्माले बताउनु भयो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्