समय : ०५:४६ pm | सोमबार , भाद्र २९ गते २०८३

कोशी प्रदेशसभामा प्रदेशभित्र बोलिने सबै, राष्ट्रभाषाहरूको विधेयक दर्ता,

सेवालुङ खवर | चैत्र ८ गते २०८१

विराटनगर/कोशी प्रदेशसभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता भएको छ । प्रदेशभित्र बोलिने सबै राष्ट्रभाषाहरूको संरक्षण, सम्बद्र्धन तथा विकास गर्नका लागि भन्दै नेकपा (माओवादी केन्द्र) का सांसद गोम्बु शेर्पा र नेकपा (एकीकृत समाजवादी) की सांसद खिनु लङ्वा लिम्बूले ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ प्रदेशसभामा बुधवार दर्ता गराएका हुन् । सो विधेयकमा सबै सरकारी काम कारबाही र कार्यालयमा रहने सार्वजनिक दस्ताबेजहरू प्रदेश सरकारी कामकाजमा पूर्ण प्रयोगमा आउने मैथिली (११.१९ प्रतिशत) र लिम्बू/याकथुङ्ग (७.३१ प्रतिशत) भाषामा दस्तावेजीकरण र अभिलेखीकरण गर्ने उल्लेख छ । यो विधेयक पारित भएर लागू भए प्रदेश भित्रका कार्यालयहरूमा सेवाग्राहीले सरकारी कामकाजको भाषामा पेस गर्ने निवेदन, प्रमाण, कागजातलगायतका सम्बन्धित दस्ताबेजहरूको सोही भाषा सुमेत दस्तावेजीकरण र अभिलेखीकरण हुनेछ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्