समय : ०९:४९ pm | आइतबार , भाद्र २८ गते २०८३

सरकारले ‘नो केबलकार’ समूहलाई पुनः वार्तामा बोलायो,

सेवालुङ खवर | फागुन ३० गते २०८१

काठमाडौं / सरकारले पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोध गरिरहेको ‘नो केबलकार’ समूहलाई पुनः वार्तामा बोलाएको छ। यसअघि गृह मन्त्रालयले दुई पटक वार्ताका लागि आग्रह गरे पनि विपक्षी समूह सहभागी नभएपछि सरकार वार्ताको अर्को अवसर प्रदान गर्न लागेको हो ।पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विषयमा उत्पन्न विवाद समाधानका लागि सरकारले गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेको छ। समितिले आन्दोलनरत पक्षसँग विभिन्न चरणमा वार्ता गरे पनि सहमति जुट्न सकेको छैन। सरकारले गत पुस २० गते गठन गरेको वार्ता टोलीलाई परियोजना निर्माण पक्षसँग समन्वय गर्दै समाधान निकाल्ने जिम्मेवारी दिएको छ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्