समय : ०२:५९ pm | आइतबार , भाद्र २८ गते २०८३

दारी ग्याङको नवौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न,

सेवालुङ खवर | फागुन ७ गते २०८१

काठमाण्डौ/,सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको समुह दारी ग्याङ विगत ८ वर्ष देखी विभिन्न सामाजिक क्षेत्रमा निरन्तर रुपमाक्रियाशिल रहेको छ । विगतमा यस समुहले शिक्षा, स्वास्थ्य, विज्ञान, आवास, वातावरण लगाएतका क्षेत्रमा सामाजिक रुपान्तरणको लागि विभिन्नकार्यहरु गर्दै आइरहेको छ । यसै सन्दर्भलाइ मध्यनजर गर्दै दारी ग्याङले फाल्गुन ६ गते देश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर नवौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। दारी ग्याङले काठमाण्डौमा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम ,दन्त परीक्षण कार्यक्रम तथा सुलेखन कलाको कार्यक्रम गरेर भव्यताका साथ सम्मन्न गर्यो भने रुपन्देहीमा पुष्परोपण तथा सन्ध्याकालिन भजन किर्तन कार्यक्रम गरेर मनाएका छन। नवलपरासीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो भने पोखराले हिमालयन एनिमल रेस्क्यु ट्रस्टमा आवश्यक खाद्यान्न र मेडिकल सामाग्री प्रदान गरि वार्षिकोत्सब मनाएको छ ।त्यस्तै, धनगढीमा सडकका कुकुर तथा चौपाया लाइ सहयोग गर्ने कार्य गर्दै रोयल जोरायल क्लवसँग मैत्रीपुर्ण फुटसलको आयोजना पनि भएको थियो। त्यसैगरी दारी ग्याङ झापा र झापा ब्लड डोनर सोसाइटी बिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। दाङको घोराहीमा पनि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरी मनाइएको छ त्यस्तै सप्तरीको फत्तेपुर, नवलपरासी, पथरी शनिश्चरे मोरङ, दोलखा, गोरखा, कंचनपुर लगायत विभिन्न ठाउँमा पनि भेटघाट तथा चियापान गरेर नवौँ बार्षिकोत्सब मनाएका छन् र विदेशमा वेलायतका दुइ ठाउँ लण्डन र प्रेस्टोनमा पनि भव्यताका साथ मनाएर नवौँ वार्षिकोत्सव सम्पन्न भएको छ ।साभार darigyangnews2072@gmail.com

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्