समय : ०८:३९ pm | आइतबार , भाद्र २८ गते २०८३

मुकुमलुङ संघर्ष सहयोग समिती पाँचथरले शान्तिपूर्ण आन्दोलनलाई बद्नाम गर्न खोजिएको ठम्याई

सेवालुङ खवर | माघ २२ गते २०८१

ताप्लेजुङ,/ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका विषयमा जारी विवाद र शान्तिपूर्ण आन्दोलनमा रहेको अवस्थामा गत हिजो राती हिलिहाङ गाउँपालिका स्थित पामावरक (जोरपोखरी) नजीक रुख ढाली वाटो अवरोध गरिएको भन्ने सामाजिक संजाल मार्फत थाहाहुन आएकोले यस विषयमा गम्भिर विज्ञप्ती मार्फत मुकुमलुङ संघर्ष सहयोग समिती पाँचथरले ध्यानाकर्षण गराएको छ । निहत्था जनता माथिनिर्मम दमनमा उत्रेको सरकारले आफै सुनियोजित ढंगले यस्ता हर्कतहरु गरेर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बद्नाम गर्न खोजिएको भन्ने हाम्रो ठम्याई रहेको विज्ञप्ती मार्फत उल्लेख गराएका छन् । यी सबै परिस्थितिको जिम्मा दमनकारी सरकारले लिनुपर्दछ र त्यसैले, शान्तिपूर्ण आन्दोलनमा यस किसिमको कार्यक्रम नरहेको र अर्को सूचना नआएसम्म आम हड्ताल फिर्ता लिएको तथा घोषित यातायात बन्द कार्यक्रम भने जारी रहेको सबै सम्बद्ध पक्ष र आम नागरिकमा यसै विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

विज्ञप्ती,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्