समय : ०८:३८ pm | आइतबार , भाद्र २८ गते २०८३

‘नो केवलकार’पक्षधरद्धारा पनि बार्ता सहजीकरण समिति गठन,

सेवालुङ खवर | माघ २१ गते २०८१

ताप्लेजुङ,/माघ २१ मुक्कुमलुङ संरक्षक संस्था तथा मुक्कुमलुङ संरक्षण आन्दोलनको सर्मथित राजनीतिक दलहरुको तर्फबाट पनि बार्ता सहजीकरण समिति गठन भएको छ ।प्राज्ञ अमर तुम्याहाङ संयोजक रहेको सहजीकरण समितिमा शंकर लिम्बू,राम मादेन र सरस्वता सिंघक(सरु)सदस्य रहेको मुक्कुमलुङ संरक्षक संस्थाहरुका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ । मुक्कुमलुङमा भइरहेको आन्दोलन,संघर्षको स्थायी समाधान तथा बार्ताका लागि न्यूनतम् वातावरण बनाउन सहजीकरण समिति गठन गरिएको विज्ञप्तिमा भनिएको छ ।सरकारले ताप्लेजुङको पाथीभरा क्षेत्रका केवलकार निर्माणका क्रममा उत्पन्न बिबाद देखा परेका समस्या समाधानका लागि सहसचिव प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा आइतवार राति बार्ता समिति बनाएको छ । भट्टराईको नेतृत्वमा रहेको समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र शहरी विकास मन्त्रालयका प्रतिनिधि रहने गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । साभार,उज्यालो पोष्ट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्