समय : ०८:३८ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङ जिल्ला उद्योग बाणिज्य संघले आन्दोलनरत पक्षलाई बार्ताद्धारा समस्या समाधान गर्न आग्रह,

सेवालुङ खवर | माघ १७ गते २०८१

ताप्लेजुङ/ताप्लेजुङको उद्योग बाणिज्य संघले आन्दोलनरत पक्षबाट बार्ताद्धारा समस्या समाधान गर्न आग्रह गरेको छ । यातायात बन्दका कारणले सर्वसाधारणको जनजीवनमा असरपर्ने भन्दै ताप्लेजुङ जिल्ला उद्योग बाणिज्य संघले बार्ताद्धारा समस्या समाधान गर्न आग्रह गरेको हो ।ताप्लेजुङ जिल्ला उद्योग बाणिज्य संघले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी बन्दका कारणबाट सर्वसाधारणलाई मार्कामा परेको भन्दै सम्वन्धित पक्षलाई यतायात बन्दफिर्ता लिई जनजीवन लाई सहज बनाउने बिषयमा सहयोग गर्न आग्रह गरेको छ । गत माघ १२ गते पाथीभरा क्षेत्रमा भएको झडपपछि आन्दोलनरत पक्षले माघ १५ बाट बन्द अव्हानको घोषणा गरेका थिए । घटनामा परी घाइतेहुनेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको र घाइते सबैको निःशुल्क उपचारको लागी प्रवन्ध गर्न सरकारसंग माग सहित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्