ताप्लेजुङ/ताप्लेजुङ बजारको फुङलिङस्थित तोक्मे बजारमा ताक्वाचङ याराक्मातेन यालाङ् धान नाँच पार्कको यहि पौष २५ गते तोक्मेडाँडा शनिबारे बजार लाग्ने स्थानमा विविध कार्यक्रमका साथै अनावरण गरिने भएको छ । यालाङ (धा ननाँच पार्क) निर्माण गरिएको किरात याक्थुङ चुम्लुङ प्रवास समिति इजरायलको करिब ५० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको निमार्ण समितीले बताएको छ । लिम्बुहरुको ऐतिहासिक र पहिचान,सांस्कृतिक अस्तित्वका लागी सो(धाननाँच पार्क) निर्माण गरिएको समितीले जनाएको छ । नव निर्मित सो पार्क अनावरण उद्घाटन कार्यक्रममा चर्चित कलाकारहरु दिपा सुहाङ, नोगेन लिम्बु, पालाम तथा हास्य कलाकार पुष्पाञ्जली तिलिङ (चपेतीको आमा), द भ्वाइस किट्सकी फाइनलिस्ट रुक्साना लिम्बु,अन्तराट्रिय अनलाइन पालाम विजेता गायिका सुनिता केदेम लाबुङ र अन्तराट्रिय अनलाइन हाक्पारे विजेता अम्बरजङ केदेम,साथै स्थानीय कलाकारहरु सुरज मादेन, सावाला मादेन लगायतको बेजोड प्रस्तुती हुने र यालाङ, केलाङ् लगायत सांस्कृतिक कार्यक्रम समेत गरिने आयोजक समिति स्रोतले बताएको छ । साथै अनावरण कार्यक्रममा जिल्ला प्रमुख,नगर प्रमुख,स्थानिय जनप्रतिनिधी सञ्चारकर्मी,समाजसेवी जातिय संघ संस्थाको प्रतीनिधीहरु उपस्थिती रहने आयोजक समितिले बताएको छ ।
पौष २५ गते ताप्लेजुङमा ताक्वाचङ याराक्मातेन (धाननाँच पार्क) को अनावरण,उद्घाटन हुने,








