समय : ०९:५९ pm | शुक्रबार , वैशाख ४ गते २०८३

ताप्लेजुङको पाथीभरामा भक्तजनहरुले चढाएको घण्टीलाई प्रवेशद्वारमा प्रयोग गर्ने,

सेवालुङ खवर | पौष ९ गते २०८१

ताप्लेजुङ / ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा भक्तजनहरुले चढाएका घण्टीलाई प्रवेशद्वारमा प्रयोग गर्ने योजना गरेको छ । क्षेत्र विकास समिति ताप्लेजुङका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार, भक्तजनहरूले चढाएका घण्टीहरू ठूलो परिमाणमा रहेकाले ती घण्टीलाई आकर्षक गेट निर्माणमा प्रयोग गर्ने निर्णय भएको बताउनु भएको छ । “हामीसँग ठुलो मात्रामा घण्टीहरू छन्, जसलाई घण्टीकै आकर्षक गेट निर्माण गर्नका लागि प्रयोग गर्ने योजना बनाएका हौं” त्यस अनुसार यसअघि, ती घण्टीहरूलाई लिलाम बिक्री गर्ने तयारी थियो, तर आम मानिसको सल्लाह र सुझावको आधारमा गेट निर्माण गर्ने निर्णय गरिएको हो । समितिले पुराना र पुरातात्त्विक महत्वका घण्टीहरूलाई भने संरक्षण गरेर राख्ने पाथीभरा क्षेत्रको सांस्कृतिक र धार्मिक धरोहरलाई जोगाउने र भावी पीढीलाई पाथीभरा र यहाँका पुरातात्त्विक बस्तुको महत्व बुझाउन मद्धत पुग्ने घण्टीको गेट निर्माणले पाथीभरा पदमार्गलाई अझ आकर्षक र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने समितिको भनाईरहेको छ । पाथीभरामा करिब ५० क्विण्टल भन्दा बढि घण्टी रहेको पाथीभरा क्षेत्र विकास समितिले बताएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्