समय : ०२:१६ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङमा तीन दिने आँखा शिविर सञ्चालनमा ७६ जनाकोआँखा शल्यक्रिया,

सेवालुङ खवर | कार्तिक २९ गते २०८१

ताप्लेजुङमा तीन दिने आँखा शिविरले ७६ जनाको डिचेन डोङ्गला आँखा उपचार केन्द्रमा आँखा शल्यक्रिया गरेको छ । ताप्लेजुङ सदरमुकाम बजार स्थित डिचेन डोङ्गला आँखा उपचार केन्द्रमा सञ्चालित निःशुल्क शिविरमार्फत आँखाका बिरामीको शल्यक्रिया गरिएकोे हो । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ, फुङ्लिङ नगरपालिका र सेवा फाउन्डेसन काठमाडौँको संयुक्त आयोजनामा सोमबार, मङ्गलबार र बुधबार गरी तीन दिने आँखा शिविर सञ्चालन गराएको थियो। शिविरमा आँखाको शल्यक्रिया गरिएका मध्ये ६२ जना मोतीबिन्दु भएका बिरामी सहभागी भएका थिए । बाँकी १४ जनाको आँखाको साधारण शल्यक्रिया गरेको थियो । शिविर मार्फत शल्यक्रिया गरिएका मध्ये ६७७ जना आँखाका बिरामीले सेवा लिएका थिए । डिचेन डोङ्गला आँखा उपचार केन्द्रको जानकारी अनुसार शिविरमा शल्यक्रिया र आँखाको उपचार तथा परीक्षण सेवा लिएकामध्ये ३३५ जना पुरुष र ३४२ जना महिला रहेका थिए । शिविरबाट बाल बालिका देखि ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिक समेतले सेवा लिएको र शिविरमा मेची आँखा अस्पताल बिर्तामोड झापाको प्राविधिक सहयोग रहेको पनी थियो । मेची आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. नेतृत्वको टोलीले शिविरमा सेवा लिन आएका आँखाका बिरामीलाई सेवा दिएको ताप्लेजुङ डिचेन डोङ्गला आँखा उपचार केन्द्रले बताएको छ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्