समय : ०२:१६ pm | आइतबार , भाद्र २८ गते २०८३

निमावि अध्यापन अनुमतिपत्रको लिखित परीक्षा मंसिर १५ गते हुने,

सेवालुङ खवर | कार्तिक २८ गते २०८१

काठमाडौं - निम्‍न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षा मंसिर १५ गते सञ्चालन हुने भएको छ। शिक्षक सेवा आयोगले सूचना जारी गर्दै उक्त परीक्षाका लागि प्रवेश पत्र प्रिन्ट गर्न आग्रह गरेको छ।आयोगका अनुसार परीक्षाको विज्ञापन बमोजिम दरखास्त फाराम भर्ने उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त पोर्टलबाट दरखास्त फाराम रजिष्टर्ड गरिएको इमेल एड्रेस र पासवार्ड लगिन गरी दरखास्त पेश गरेको विवरणमा क्लिक गरी पुनः भ्यूमा क्लिक गरेर प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्न सकिनेछ। आयोगले प्रवेशपत्रको प्रतिलिपि आयोगबाट दिने व्यवस्था नभएको जानकारी दिँदै प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा अनिवार्य रूपमा प्रवेशपत्र साथमा लिएर आउन अनुरोध गरेको छ। आयोगले २०८१।०५।३१ गते निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको विज्ञापन प्रकाशित गरेको थियो।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्