काठमाण्डौ-चन्द्र मादेन आन्छन, विश्व नेपाली साहित्य महासङ्घको दुई दिने तेश्रो विश्व सम्मेलन कार्तिक १० र ११ गते काठमाण्डौको आनन्द होटल गौशालामा केन्द्रीय अध्यक्ष सुरेन्द्र परदेशीको सभापतित्वमा ऐतिहासिक भव्यताका साथ सम्पन्न भएको थियो। प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली र विशिष्ट अतिथिमा सिक्किमका पूर्व मुख्य मन्त्री वरिष्ठ साहित्यकार पवन चाम्लिङको पनि उपस्थिती रहेको थियो ।२६ वटा राष्ट्रवाट प्रतिनिधि गरेर वरिष्ठ विदेशी साहित्यकार, विद्वान, प्राध्यापक हरुको वाक्लो उपस्थित रहेको थियो । त्यस्तै नेपालका सातैवटा प्रदेशवाट चर्चित प्रतिष्ठित साहित्यकार हरुको गरिमामय वाक्लो सहभागी रहेको थियो । मुर्धन्य साहित्यकारहरु वैरांगी काईला, तुलसी दीवस, डा ,Devi Panthi,Maniraj Singh, Sagar Shrestha , Biswas Dip Tigela , Palungwa D B Limbu , प्राडा Govinda Raj Bhattarai ,कृष्ण वाउसे,Manish Hellok,सिता तुम्खेवा, कविराज घिमिरे, Aswini Koirala, चन्द्र मादेन आन्छन, किशन पौडेल, भीम विरही, डेन्जोम साम्पाङ, सुनिता कन्दङवा, प्रेम रिवुसाल,कल्पना पौडेल जिज्ञासु,प्राडा देवेन सापकोटा, श्याम श्रेष्ठ आदि राजधानी लगायत वाहिरका हजारौं साहित्यकारहरुको उल्लेख्य उपस्थित रहेको थियो ।जस्मा देशविदेशका साहित्यकारहरुलाई नगद सहित पुरस्कार, दर्जनौ कृतिको लोकार्पण , नयाँ शाखाहरुको घोषणा र हामीहरुलाई मायाको चिनो र सम्मान गरिएको थियो । विश्व नेपाली साहित्य महासंङ्घ केन्द्रीय सम्मेलन गरिमामय कार्यक्रममा उपस्थित हुनुहुने सवैलाई हार्दिक वधाई तथा शुभाकामना आदान प्रदान गरिएको थियो।




फोटो तस्विर:चन्द्र मादेन आन्छन,








