ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालमा पर्यटकको आगमन सुरु भएको छ । कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्यपर्यटकको आगमन सुरु भएको हो ।पर्यटकको आगमनसँगै होटल व्यवसायी, पर्यटन व्यवसायी उत्साहितभएको फक्ताङलुङ गाउँपालिका–६ कञ्चनजंघा प्रवेशद्वार घुन्साकाहोटल व्यवसायी पेमा शेर्पाले बताउनुभयो । पर्यटकको चहल–पहलहुन थालेसँगै बन्द भएको होटल व्यवसाय सञ्चालनमा आउन थालेकोशेर्पाले जानकारी दिएका छन् । उहाँले भनुभयो “मेरो होटलमा तीनजना विदेशी पर्यटकहरु बसेका छन् । भोली लोनाक जाने योजनामा छन् ।”पर्यटकहरूको आगमनले पर्यटन व्यवसायमा उत्साह थपिएको छ ।फक्ताङलुङ गाउँपालिका–६ का उच्च हिमाली बस्तीहरू, जस्तै क्याप्ला, फले, घुन्सा, खाबाजेन, र लोनाकका स्थानीयको मुख्य्र आम्दानी पर्यटन व्यवसायबाट नै हुन्छ । पर्यटकहरूका लागि यसक्षेत्रका विभिन्न पदमार्गहरूमा होटलहरू सञ्चालनमा रहेका छन् कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांकअनुसार,कञ्चनजंघा हिमालको आधार शिविर जाने पदमार्गमा ५२ होटसञ्चालनमा छन् ।फक्ताङलुङ गाउँपालिका–६ स्थित ग्याप्लामारु सात करोडभन्दाबढीको लगानीमा बनेको सिङ्गी नामजोङ होटल पनि सञ्चालनमाआएको छ । यसका साथै, समुद्र सतहदेखि तीन हजार पाँच सयमिटरदेखि चार हजार पाँच सय मिटरको उचाइमा रु एक करोडभन्दाबढी लगानीमा चार होटल सञ्चालन भइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रव्यवस्थापन परिषद्को तथ्यांक रहेको छ । अन्य होटलहरू पनि ८०लाखभन्दा बढीको लगानीमा सञ्चालनमा छन् ।प्राकृतिक सौन्दर्यको आनन्द लिँदै जैविक विविधताको अवलोकन गर्नर चाँदीजस्तै टल्किने कञ्चनजंघा हिमालको दृश्यावलोकन गर्न आएका आन्तरिक पर्यटक सन्दीप नेम्वाङले यो क्षेत्रले छुट्टै आनन्द प्रदान गर्ने बताउनुभयो ।कञ्चनजंघा हिमालको आधार शिविरसम्म पुग्न दुई प्रमुख पदमार्ग प्रयोगहुँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजंघा गाउँपालिकाबाट आधार शिविरसम्म पुग्न सकिन्छ, जुन दक्षिणी पदमार्गमा पर्छ । यस पदमार्गबाट आन्तरिक पर्यटकहरूको पनिलगातार आगमन भइरहेको छ । विराटनगर, धरान, दमक लगायतकाशहरहरूबाट कञ्चनजंघा क्षेत्रमा आन्तरिक पर्यटकहरू आउने क्रमजारी छ ।वैकल्पिक रूपमा, काठमाडौंबाट हवाई मार्ग प्रयोग गरी ताप्लेजुङकोसुकेटर विमानस्थलसम्म पुगेर फक्ताङलुङ गाउँपालिकाको बाटो हुँदै कञ्चनजंघा हिमालको आधार शिविर पुग्न सकिन्छ, जुन उत्तरीपदमार्गमा पर्छ । यी पदमार्गमा यात्रा गर्ने पर्यटकहरूको विवरणकञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले संकलन गर्दै आएको छ। त्यस्तै, घुन्सा चेकपोष्टले यातायातका साधन प्रयोग गर्नेपर्यटकहरूको विवरण पनिराख्दै आएको छ । घुन्सा चेकपोष्टका पर्यटन सहायक टासी तेन्जिङका अनुसार, अहिले विभिन्न देशका २५जना बाह्य पर्यटक घुन्सा प्रवेश गरेका छन् ।स्पेन, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, नेदरल्याण्ड, स्वीडेन, रोमानिया,अमेरिका, पोल्याण्ड, र भारत लगायतका बाह्य पर्यटकहरू कञ्चनजंघा हिमालको आधार शिविरसम्म पुगेका छन् । पर्यटकहरू कञ्चनजंघा क्षेत्रमा प्राकृतिक, धार्मिक, र ऐतिहासिक्र स्थलहरूको अवलोकन गर्न आउने गरेका छन् । प्रमुख पर्यटकीय्र स्थलहरूमा ओलाङचुङगोला, दिकिछ्योलिङ गुम्बा, घुन्सा, र कञ्चनजंघा हिमालको अध्ययन र अवलोकनमा पर्यटकहरूको चासोरहेको छ । यस क्षेत्रमा पर्यटक आगमनले स्थानीय समुदायको आर्थिकगतिविधिमा सुधार आएको पर्यटन व्यवसायीहरू बताउँछन् ।कञ्चनजङ्घा क्षेत्रमा पर्यटनको विकास र विस्तारसँगै स्थानीय बासिन्दालेआफ्नो जीवनस्तर सुधारगर्नका लागि पर्यटन व्यवसायमा बढ्दो चासोदेखाएका छन् । यति मात्र होइन, पर्यटकहरूको बढ्दो आगमनलेयहाँका होटल, ट्रेकिङ एजेन्सी, र अन्य सेवामा समेत सकारात्मक प्रभाव परेको छ ।साभार फक्तालुङ दर्पण
ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालमा पर्यटकहरुको आगमन








