समय : ०१:२४ pm | आइतबार , भाद्र २८ गते २०८३

दम्पतीद्वारा विद्यालयमा ५ लाख ५५ हजारको अक्षय कोष स्थापना

सेवालुङ खवर | भाद्र ३१ गते २०८१

पाँचथर — हिलिहाङ गाउॅपालिका(२ का ८३ वर्षीय हरिप्रसाद गौतम र लिलादेवी गौतमले स्थानीय सिंहापुर पशुपति माध्यमिक विद्यालयमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । गौतम दम्पती र उनीहरुका सन्ततिले प्रत्येक वर्ष विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले यत्तिका रकमको छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।कोषको ब्याजले सिंहापुर पशुपतिमावि कक्षा १,२,३,४,५,६,७ र ९ मा प्रथम स्थान हासिल गर्ने छात्रछात्रासँग अभिभावकको छनोटमा प्रत्येक उत्कृष्ट वर्ष शिक्षकका रुपमा एक–एक जना शिक्षकलाई पुरस्कृत गर्ने सम्झौता भएको प्रधानाध्यापक भिमकुमारी भण्डारीले जानकारी दिइन् । गौतम दम्पती संस्थापक रहेको अक्षय कोषको संरक्षकमा छोराबुहारी जीवन र नारायणी, राजेन्द्र र पुण्यमाता, सूर्य र कौशिला, केशव र भीमकुमारी,भोला र गंगा सॅगै छोरीज्वाइँ मैयादेवी र राधाकृष्ण गौतम रहेका छन् । कोषको रकम आइतबार विद्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ ।रकम हस्तान्तरण कार्यक्रममा गौतम दम्पतीसॅगै दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि हिलिहाङ गाउॅपालिका अध्यक्ष समरबहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा उप्रेती सेँढाइलगायतले दाताहरुलाई सम्मान गरेका हुन् ।उक्त विद्यालयमा कक्षा ८,१०,११ र १२ का उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले अरु पनि पुरस्कारका अक्षय कोष स्थापना गरिएको प्रधानाध्यापक भण्डारीको भनाइ छ ।कार्यक्रममा बोल्दै गाउॅपालिका अध्यक्ष अधिकारीले दाताहरुले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको समाजले कदर गर्ने बताए । साभार:-कान्तिपुर बाट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्