समय : ०८:२१ pm | बिहिबार , श्रावण १४ गते २०८३

नेपाल एअर लाइन्स ताप्लेजुङले प्रत्येक साताको तीनदिन उडान गर्ने,

सेवालुङ खवर | श्रावण १२ गते २०८३

ताप्लेजुङ, साउन १२ । नेपाल एअर लाइन्स ताप्लेजुङले प्रत्येक साताको तीनदिन काठमाडौं– ताप्लेजुङ–काठमाडौं नियमित उडान तालिका रहेको जनाएको छ । मौसममा आएको बदलीका कारण विगत केहि समय देखि सुकेटारमा उडान भने भइरहेको छैन । नेपाल एअर लाइन्स ताप्लेजुङ स्टेशन प्रमुख नारायण कार्कीका अनुसार काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडानका लागि साताको सोमवार,वुधबार र शुक्रवारलाई नियमित उडान तालिका बनेको छ । सो अनुसार जहाजबाट यात्रा गर्न चाहनेले नेपाल एअर लाइन्स ताप्लेजुङमा सम्पर्क राख्न नेपाल एअर लाइन्सको ताप्लेजुङ स्टेशनले भनेको छ । ताप्लेजुङ स्टेशनले टिकटका लागि कार्यालयको आधिकारिक मोवाइल नम्बर ९८५२६६०१६७, ०२४–४६०१६७ र ९८४२७४७५४७ मा सम्पर्क राख्न भनेको छ । सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमको ट्विन अटर जहाजले काठमाडौँ– ताप्लेजुङ–काठमाडौँ उडान गर्ने गरेको छ । जेठ २२ गते सम्म भने सुकेटार बिमानस्थलमा नियमित उडान भइरहेको थियो । -उज्यालो पोष्ट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्