समय : ०१:३८ pm | शनिबार , भाद्र २७ गते २०८३

फक्ताङ्लुङ गाउँपालिका खेजेनिममा पहिरोले एक घरमा क्षति

सेवालुङ खवर | भाद्र ९ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा ठुलो वर्षा भएपछी पहिरोले एक घरमा क्षति भएको छ । शनिबार वर्षा भएसँगै.फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमको मिक्खोक याक्पा टोलका स्थानीय पूर्ण शेर्पाको घरमा उक्त पहिरोले क्षति गरेको हो । घरको माथि बाट झरेको पहिरोले ढुङ्गा, माटो र जस्ता पाताले बनेको घर क्षति भएको छ । शेर्पाको घर पहिरोले क्षति बनाएपछि पीडित शेर्पाको परिवार अहिले सुरक्षित ठाउँमा छिकेकीको शरण लिएर बस्दै आएका छन् । यता पहिरोले पु¥याएको क्षतिको विवरण संकलन भइरहेको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी गराएको छ ।

तस्विर:-सामाजिक संजाल बाट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्