ताप्लेजुङ, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गत जेठ ३१ गते बाढी पहिरोले खानेपानीको मुहान बगाएपछी फक्ताङलुङ गाउँपालिकाले खानेपानी सहज बनाउँका लागि पाईप वितरण गरेको छ । वडा नं २ चावाखु गाउँमा पहिरोले खानेपानीको मुहान बगाएपछी गाउँपालिकाले खानेपानी सहज बनाउँका लागि पाईप वितरण गरेको हो । बाढी र पहिरोले खानेपानीको मुहान बगाएसंगै स्थानीय समुदायहरु अहिले सम्म खानेपानीको समस्या र मारमा परेका थिए । पहिरोले पुरानो पाईप बगाएपछि खानेपानीको सास्ती खेप्दै आएपछी खानेपानी सहज बनाउँका लागी गाउँपालिकाले पाईप वितरण गराएको हो । स्थानीय समुदाय मारमा परेका ५० घर परिवारलाई खानेपानी उपलब्ध गर्नका लागि ५०, ४०, २५ र १६ एम/एम साईजको पाईप वितरण गरिएको फक्ताङलुङ गाउँपालिका—२ का वडा अध्यक्ष भुपेन्द्र चौंलागाईले बताएका छन् ।


फोटो:-तस्विर सामाजिक संजालबाट,








