समय : ०१:२३ pm | आइतबार , भाद्र २८ गते २०८३

आम्बेगुदिनमा घर भत्किँदा बालकसहित छ घाइते

सेवालुङ खवर | असार २६ गते २०८१

ताप्लेजुङ, असार २६ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा अचानक एउटा घर भत्किँदा छ जना घाइते हुनुभएको छ । सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको हप्पुखोलामा मङ्गलबार खेतमा काम गरेर खाजा (नास्ता) खान बसेको घर अचानक भत्किँदा एक बालकसहित छ जना घाइते हुनुभएको हो । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार ढुंगा, माटो र फुस (खर) को छाना भएको दुईतले घर भत्किँदा घाइते हुनेमा स्थानीय ४३ वर्षीय खड्गबहादुर बानियाँ र उहाँकी श्रीमती ३८ वर्षीया जानुका बानियाँ रहनुभएको छ । यस्तै स्थानीय ३० वर्षीया सुविना बानियाँ, २८ वर्षीय खेमराज अधिकारी, ५३ वर्षीया तिलमाया विक र १० वर्षीय रोहित विक घाइते हुनुभएको प्रनाउ रावलले जानकारी दिनुभयो ।रावलका अनुसार घाइतेमध्ये खेमराज अधिकारीको अवस्था गम्भीर रहेको छ । अघिकारीको दायाँ खुट्टा भाँचिएको उहाँलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न झापातर्फ लगिएको पनि उहाँले जानकारी दिनुभयो । बाँकी घाइते पाँचजनाको पाँचथरको फिदिमस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।साभार –उज्यालो पोष्ट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्