समय : ०१:२४ pm | आइतबार , भाद्र २८ गते २०८३

राते खोलामा आएको बाढीले लेलेपको ट्रस पुल बगायो

सेवालुङ खवर | असार २४ गते २०८१

ताप्लेजुङ । अविरल वर्षासँगै राते खोलामा आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा ट्रस पुल बगाएको छ । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार शनिबार बेलुका उक्त पुल बगाएको हो ।पुल बाढीले बगाएपछि कञ्चनजंघा आधार शिविर घुन्सा आवतजावतमा समस्या भएको छ । फक्ताङलुङ गाउँपालिकाले पुल निर्माण र आवतजावतका लागि समन्वय गर्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा बहने नदीहरूमा पानीको सतह बढे पनि अन्य स्थानमा क्षति नभएको रावलले जानकारी दिए ।ताप्लेजुङमा अहिलेसम्म बाढी र पहिरोका कारण २६ घरमा पूर्ण क्षति पुगेको छ । ४५ घर उच्च जोखिममा रहेका र ८१ घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । तााप्लेजुङमा अहिलेसम्म बाढी–पहिरोमा पाँच जनाको ज्यान गइसकेको छ ।अहिलेसम्म अस्थायी र पक्की गरी तीनवटा पुलमा क्षति पुगेको छ ।साभार ekantipur.com

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्