ताप्लेजुङ गत जेठ महिनाकोे ताप्लेजुङको फक्तालङुङ गाउँपालिका ४ ईखाबुको सेवालुङ माध्यमिक विद्यालयलाई अविरल बर्षाको पहिरोले क्षती पु¥याएको छ ।उक्त तिन दिन सम्म लगातार बर्षा भईरकोले गर्दा सो विद्यालयलाई क्षतीपु¥याएको हो । विद्यालयको खेलमैदान, कपाउन्ड,ठेसगह«ो,केहि विद्यालय स्कुल नजिक रहेको स्थानीयहरुको अलैंची बगान, विद्यालय आउने जाने बाटोहरु समेत अविरल बर्षाको पहिरोले क्षती पु¥याएको सेवालुङ माध्यमिक विद्यालयका प्रधाना अध्यापक प्रकाश तामाङले जानकारी गराएका छन् । विद्यालयको खेलमैदान,केहि स्थानीय पूर्ण लिम्बूको अलैंची बगान,बाट पहिरो आई पुरेको श्री सेवालुङ माध्यमिक विद्यालयका व्यस्थापन समितीका अध्यक्ष छत्रमणी लाबुङ लिम्बूले बताउनु भयो । अविरल बर्षाको पहिरोले क्षती पु¥याएपछी, पिनेना सेतोबा,साप्चङवा खुपातल बाट आउने स्कुलका विद्यार्थीहरु आउन जान असहज परेको त्यहाँका स्थनीयहरुले बताएका छन् ।


फोटोहरु फेसबुक पेज बाट,








