समय : ०१:२३ pm | आइतबार , भाद्र २८ गते २०८३

ईतिहासमै पहिलोपटक मुन्धुम स्थल खाम्बोलिङ नेनेरे नाहाङ्यकमा याग्राङ्सिङ राख्न सफल

सेवालुङ खवर | असार १३ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङको फक्तालङुङ गाउँपालिका खेजेनिम २ माभाङभे स्थित खाम्बोलिङ नेनेरे नाहाङ्मा यकमा याक्थ्ङ ईतिहासमै पहिलो पटक याग्राङ्सिङ यक्थुङ मुन्धुम स्थलमा राख्न सफल भएको छ । इम्बिरी याङ्दाङवा वा तमोर सभ्यताबाट फैलिएर विश्वभरी छरिएर रहेका याक्थुङ लिम्बू जातिका ऐतिहासिक तथा मुन्धुमी चो?लुङस्थल ताप्लेजुङ जिल्ला फक्ताङलुङ– खेजेनिम २ (माभाङभे) स्थित राख्न सफल भएको हो । खाम्बोलिङ नेनेरे नाहाङ्मायकमा युमा साम्यो महासभा यूके समितिका वरिष्ठ उपाध्यक्ष मान तबेबुङ ‘नाजम’ र युमा साम्यो महासभा अन्तर्राष्ट्रिय समन्वय समितिका पूर्व अध्यक्ष तथा याक्थुङ चुम्लुङ अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष लोकेन्द्र तबेबुङका संयोजनमा अभियान्ता भएको याक्थुङस्टारका अध्यक्ष मनिकुमार माबोहाङ (ब्रोसिस), ले बताउनु भएको छ । र यूके निवासी नरेन्द्र माबोहाङ, लोकेन्द्र तबेबुङ, मान तबेबुङ ‘नाजम’, दिलसिं मेन्याङ्बो, कमल अन्छङ्बो, जय मादेम्बा समेतको आर्थिक सहयोगमा साथै याक्थुङ चुम्लुङ संचार विभाग प्रमुख तथा फक्ताङलुङ गा.पा. अध्यक्ष मनिकुमार माबोहाङ (ब्रोसिस), युवा अभियन्ता श्रीहाङ तबेबुङ लगायत स्थानीय बासिन्दाहरूका सहभागितामा यही मिति २०८१ साल असार ८ गते याग्राङसिङ स्थापना गरिएको हो ।र मिति २०८१ साल असार १० गते पेगिफाङ्साम (पेगिफाङ्हाङ,थेभार ेमाबोहाङ मुकरहाङ चङबाङकेदेम याक्थुङबा येबाहरूद्वारा नाहाङ्मा अनुष्ठान गर्ने कार्य सुसम्पन्न भएको छ । यसप्रकारको ऐतिहासिक र प्रशंसनीय कार्य गर्नुहुने सम्पूर्ण संयोजकहरू, योगदानदाताहरू, पेगिफाङसाम,येबाहरू, सहयोगी र सहभागीहरूमा हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दछौँ । यल्लिक यल्लिक नोगेन । याक्थुङ चुम्लुङ नेपाल फक्तालङुङ गाउँपालिका शाखा परिवार युमा साम्यो महासभा परिवार ।

तस्विर- मनिकुमार माबोहाङ (ब्रोसिस),

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्