समय : ११:४६ am | शनिबार , भाद्र २७ गते २०८३

१६औं नगर सभामा फुङलिङ नगरपालिकाको कुल बजेट ६६ करोड ७६ लाख प्रस्तुत,

सेवालुङ खवर | असार १० गते २०८१

ताप्लेजुङ,ताप्लेजुङमा फुङलिङ नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ का लागि ६६ करोड ७६ लाख बढिको बजेट १६औं नगर सभामा पेश गरेको छ । फुङलिङ नगरपालिकाको नगर सभाले १६औं अधिवेशनमा ६६ करोड ७६ लाख ७३ हजार ५ सय ५१ रुपैयाँ बराबरको बजेट पेश गरेको हो । जसमा चालु खर्च तर्फ ४६ करोड ७ लाख ८२ हजार ५ सय ५१ रुपैयाँ र पूँजीगत तर्फ २० करोड ६७ लाख ९१ हजार रुपैयाँ रहेको छ । क्षेत्रगत विनियोजन बजेट तर्फ कुल बजेटको सामाजिक विकास तर्फ ३६ करोड ३५ लाख ५५ हजार ६९०, पूर्वाधार तर्फ १० करोड ५५ लाख, आर्थिक विकास तर्फ २ करोड १३ लाख ५५ हजार ९०० सुशासन र अन्तर सम्बन्धित क्षेत्र तर्फ १७ करोड ७२ लाख ६१ हजार ९५१ रुपैयाँ विनियोजन भएको हो । उक्त खर्चहरूका लागि वित्तिय समानीकरण अनुदान संघीय सरकारबाट १४ करोड ८५ लाख, राजश्व बाँडफाँड संघीय सरकारबाट ९ करोड ७८ लाख ६९ हजार ५५१, सशर्त अनुदान संघीय सरकारबाट ३० करोड ६७ लाख ५५ हजार रुपैयाँ बेहोर्ने अनुमान गरिएको छ । यस्तै विषेश अनुदान संघीय सरकारबाट १ करोड ५० लाख, समपूरक अनुदान संघीय सरकारबाट १ करोड, वित्तिय समानीकरण अनुदान प्रदेश सरकारबाट ९५ लाख ९१ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड ३ लाख ६४ हजार बेहोर्ने छ ।साथै प्रदेश समपूरक अनुदानबाट १ करोड ३० लाख, प्रदेश सशर्त अनुदानबाट १ करोड ५९ लाख ९४ हजार र आन्तरिक स्रोतबाट ३ करोड ७६ लाख रुपैयाँ बेहोर्ने अनुमान गरिएको ताप्लेजुङ फुङलिङ नगरपालिकाले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्