समय : ०१:२३ pm | आइतबार , भाद्र २८ गते २०८३

पाथीभरा मुकुम्लुङ क्षेत्रमा मुकुम्लुङ संयुक्त संर्घष समितिद्धारा २० हजार बिरुवाको वृक्षारोपण गर्ने लक्ष्य

सेवालुङ खवर | जेठ ३२ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङको पाथीभरा मुकुम्लुङ क्षेत्रमा वृक्षारोपण अभियानमा पहिलो दिन करिब ७ हजार बिरुवा रोपिएको छ । मुकुम्लुङ संयुक्त संर्घष समितिको आयोजना अभियानमा २० हजार भन्दा बढी बिरुवाको वृक्षारोपण गर्ने लक्ष्यका साथ सुरु गरेको थियो । ३१ गते विहिबार मात्र गुराँसका भिविन्न प्राजाती, धुपी, चिमल, लौठ साल्हा, चाँप लगायतका अन्य ७ हजाार विरुवा रोपिएको अभियानन्ता समितिले बताएकाछन् । वृक्षारोपण अभियानन्ता समितिका अनुसार ७०० जना अभियान कर्मीहरुले ७ हजाार विरुवा बराबरको बिरुवा रोपेका छन् । वृक्षारोपणका लागि आवश्यक पर्ने नर्सरी जिल्लामा रहेको सामुदायिक वन अन्य

रहेका नर्सरीर्फाम, वन कार्यालय,कञ्चनजङघा क्षेत्र,घुन्सा,ईलाम पाँचथर,झापा,सुनसरी,अन्तरगत रहेका नर्सरी मार्फत विरुवा खरिद गरेर पाथीभरा क्षेत्रमा केवलकार कम्पनीद्धारा रुखकटान गरीएको ठाउँ लगायत खाली रहेको ठाउँमा ७ हजार बिरुवा रोपिएकोे अभियानन्ता समितिले बताएकाछन् । उहाँहरुले भन्नुयो“आज सेवा पूजा सहित वृहत्त वृक्षारोपण गर्ने अभियान थालेका छौं आज देखि सुरु भएको र हाम्रो अभियान आसार १५ गते सम्म वृक्षारोपणको अभियान सञ्चालन गर्न निर्णय गरेका छौ । सोही अनुसार अभियान चल्ने छ ।”पाथीभरा केबलकार निर्माण पक्षले गत बैशाख अन्तिम साता रुख कटान गरिएको थियो । त्यसैले

राष्ट्रिय फुल गुराँस कटान गरेको भन्दै समितिले विरोध गरेका थिए । कटान गरेको क्षेत्रहरुमा वृक्षारोपणको अभियान सञ्चालन गर्ने खाली रहेको क्षेत्रमा विरुवारोप्ने अभियानन्ता समितिले बताएकाछन् । विगत चार वर्ष अगाडी पाथीभरा क्षेत्रमा आगलागी भएको थियो ।गत बर्ष पहिल्ये आगलागीबाट नष्ट भएको बन जंगलमा अझैपनी बोट बिरुवा हुर्कन सकिरहेको छैन । तसपश्चात उक्त क्षेत्रहरुमा समेत विरुवा रोप्ने समितिले जनाएको छ ।वृक्षारोणसंगै बिरुवा हुर्काउन तथा दिर्घकालीन संरक्षणका लागि त्यस्तै जिम्मेवार हुने समितिले जनाएको छ ।उक्त वृक्षारोपण अभियानमा विभिन्न संस्था राजनितक दलहरुको सहभागीता जनाउदै स्थानीयहरुको पनी बाक्लो उपस्थिती रहेको थियो ।

फोटो बसन्त लाबुङ लिम्बू सेवालुङ खबर डटकम

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्