समय : ०३:२८ pm | बिहिबार , कार्तिक १३ गते २०८३

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकै दिन चार हजार बढी भक्तजनले गरे दर्शन

सेवालुङ खवर | कार्तिक १० गते २०८३

ताप्लेजुङ, कात्तिक ८ गते । शनिबार दसैँ अवधिभरकै उल्लेख्य सङ्ख्यामा भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । दसैँको त्रयोदशीको दिन अर्थात शनिबार एकैदिन चार हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार कुल चार हजार ३०७ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । पाथीभरा दर्शन गर्ने भक्तजनको उक्त सङ्ख्या दसैँको नवरात्रि यता सबैभन्दा बढी हो । यसअघि नवरात्रिको दोस्रो दिन एक हजार ३३७ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए ।पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार नेपालको विभिन्न जिल्लाबाट भक्तजनहरु पाथीभरा दर्शन गर्न आइरहेका छन् । त्यस्तै, नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँबाट समेत भक्तजनहरु पाथीभरा दर्शन गर्न आइरहेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । समुद्री सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित शक्तिपीठ पाथीभराको दर्शन गरेमा सोचे चिताएको मनोकाङ्क्षा पूरा हुने विश्वास रहेकाले स्वदेश तथा विदेशबाट भक्तजन आउने गरेका समितिले जनाएको छ । दसैँ तिहारको समयलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन (मौसम) मानिन्छ ।–चन्द्र पन्दाक,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्