ताप्लेजुङ, कात्तिक ८ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा हिडेकी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पाल्पाको रानादेवी गाउँपालिका –८ की ४४ वर्षीया सरु हिस्की मगरको आइतबार मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार मगरको सदरमुकाम फुङ्लिङ बजारमा मृत्यु भएको छ । आफ्ना श्रीमान इन्द्र हिस्की मगरसहित पाथीभरा दर्शनमा हिड्नुभएकी मगरको फुङ्लिङ बजारमा आइपुग्ने वित्तिकै मृत्यु भएको हो । फुङ्लिङ बजार आइपुगेपछि गाडीबाट ओर्लिनासाथ रिँगटा लागेको भन्दै उहाँ बेहोस हुनुभएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो । प्रहरी निरीक्षक यादवका अनुसार बेहोस भएपछि उहाँका आफन्तले तत्काल उपचारका लागि तमोर अस्पताल पु¥याएका र उपचारको क्रममा उहाँलाई दिउँसो ४ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।तीर्थयात्री मगरको मृत्युबारे तमोर अस्पतालबाट नै जिल्ला प्रहरी कार्यालयमा जानकारी भएपछि प्रहरी निरीक्षक विद्यालालकुमार साहको नेतृत्वमा प्रहरी टोली खटेर कानुनी प्रक्रिया र घटनाबारे अनुसन्धान अघि बढाएको जनाइएको छ । पाथीभरा दर्शनमा हिडेको उहाँहरुको टोली दिउँसो ३ः३० बजे फुङ्लिङ बजार आइपुगेको प्रहरीले जनाएको छ ।–चन्द्र पन्दाक
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा हिडेकी एक महिलाको मृत्यु








