ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा तेस्रो फङफङदेन झरना पर्यटन तथा साँस्कृतिक मेला तथा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । उक्त तेस्रो फङफङदेन झरना पर्यटन तथा साँस्कृतिक मेला आयोजना फुटबल प्रतियोगिताको पहिलो विजेता लाई प्रतियोगिताको विजेतालाई नगद ३ लाख २ हजार ८२ र उपविजेतालाई १ लाख ५० हजार ८२ रुपैयाँ बराबरको अलैँची प्रदान गरिने मेला संयोजक विजय साबाँले बताउनु भएको छ । आज ताप्लेजुङको फङलिङ बजार नेपाल पत्रकार माहा संघ शाखा कार्यालयमा आज सोमबार पत्रकार सम्मेलन मार्फत ताप्लेजुङको मिक्वाखोेला गाउँपालिकमा आउँदो २०८३ मंसिर महिना २ गते बाट ६ गते सम्म फङफङदेन झरना सांस्कृतिक तथा पर्यटन मेला सञ्चालन हुने फङफङदेन झरना पर्यटन विकास समिती आयोजकले जनाएको छ । फङफङदेन झरना सांस्कृतिक तथा पर्यटन प्रवद्धन प्रचार प्रसार,पर्यटन मैत्री गन्त्यब्य स्थापनाको लागी लघु उत्तम ,तथा परम्परागत उत्पादनहरुको लागी,बजारीकरण सहयोग भावना जागृत गराउँदै जिल्लाको पर्यटन विकासमा सिंगो जिल्लाबासी अपनत्व जगृत गराउने उदेश्यले मेला सञ्चालन हुने भएको फङफङदेन झरना पर्यटन तथा साँस्कृतिक मेला संयोजक विजय साँबाले बताएका छन् ।
मिक्वाखोलामा तेस्रो फङफङदेन झरना पर्यटन तथा साँस्कृतिक मेला आयोजना हुने








