समय : ०३:२८ pm | बिहिबार , कार्तिक १३ गते २०८३

पशुलाई खोरेत रोगविरुद्ध खोप,

सेवालुङ खवर | असाेज २९ गते २०८३

ताप्लेजुङ, असोज २८ (नागरिक)– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिकाका सात वटै वडामा खोरेत रोगविरुद्धको पहिलो चरणको खोप तथा ४ हजार २ सय मिटर उचाइका हिमाली क्षेत्रमा पुगी पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ। पालिकाका पशु स्वास्थ्य प्राविधिकले समुद्री सतहबाट ४ हजार २ मिटर उचाइको याङ्मा, ३ हजार ४ सय मिटर उचाइको घुन्सा र ३ हजार २ सय मिटर उचाइको ओलाङचुङ्गोला बस्तीमा पुगेर हिमाली भेगका लागि पशु स्वास्थ्य शिविर तथा स्थलगत उपचार कार्यक्रम गरेको हो। पालिकाका पशु स्वास्थ्य प्राविधिक सञ्जय मेन्याङ्बो लिम्बूका अनुसार हिमाली बस्तीमा पुगेर पशु स्वास्थ्य सेवा, परामर्श तथा खोरेत रोगविरुद्धको पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको हो। पालिकाको चालु आव २०८३।८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार भौगोलिक विकटता तथा यातायातको असहजताका कारण पशु स्वास्थ्य सेवा तथा परामर्श लिन नसकिरहेका सेवाग्राहीका लागि स्थलगत रूपमै सेवा प्रदान गर्ने योजनाअनुरूप हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा प्रदान गरिएको फक्ताङलुङ गाउँपालिकाको पशु स्वास्थ्य शाखा प्रमुख (सहायक पाँचौं) शशांक पौडेलले जानकारी दिए। पौडेलका अनुसार पालिकाले वडा नं १ सावादिन, वडा नं २ खेजेनिम, वडा नं ३ लिङखिम, वडा नं ४ इखाबु, वडा न ५ तापेथोक, वडा नं ६ लेलेप र वडा न ७ ओलाङचुङ्गोला गरी सातवटै वडामा खोरेत रोगविरुद्धको पहिलो चरणको खोप अभियानसमेत सम्पन्न गरिएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्