समय : ०३:२७ pm | बिहिबार , कार्तिक १३ गते २०८३

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई ताप्लेजुङ प्रशासनको निर्देशन

सेवालुङ खवर | असाेज २६ गते २०८३

असोज २६ गते । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई निर्देशन दिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले सूचना जारी गर्दै विभिन्न बहानामा अत्यावश्यक वस्तुहरूको कृत्रिम अभाव सिर्जना गर्ने, सामानहरू अनावश्यक भण्डारण गर्ने, कार्टेलिङ गर्ने र गुणस्तरहीन वस्तु बिक्री वितरण गर्ने जस्ता गुनासोसमेत आएकाले त्यस्ता कार्य नगर्न नगराउन अनुरोध गर्नुभएको हो।साथै, प्रशासनले मूल्यसूची टाँस गरी व्यवसाय गर्न, बिलविजक अनिवार्य गर्न तथा गुणस्तरीय र उपभोग्य वस्तुहरू मात्र बिक्री वितरण गर्न सूचित गरेको छ।कुनै पनि व्यवसायमा पर्ने असुविधा एवं असुरक्षाबारे समयमा जानकारी गराउन आग्रह गर्दै प्रशासनले स्वच्छ प्रतिस्पर्धा र उपभोक्ता हित संरक्षणका लागि नियमित आपूर्ति र बिक्री वितरण हुने व्यवस्था मिलाउन भनेको छ। –रेडियो ताप्लेजुङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्