समय : ०३:२७ pm | बिहिबार , कार्तिक १३ गते २०८३

काठमाडौँ आयोजनामा समाजका तीनपैनी मोरंग समाज सक्रिय

सेवालुङ खवर | असाेज २५ गते २०८३

काठमाडौँ -२०८३ असोज २५ गते आइतबार, स्थानीय सुकेधारा स्थित बागमती कलेज बोर्डिङ स्कुलको सभा हलमा तीनपहिनी समाज (मोरङ) काठमाडौँको आयोजनामा समाजका अध्यक्ष अर्जुन भट्टराईको सभापतित्वमा तिनपैनीका प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान एवं नेपालीहरूको प्रमुख चाड विजया दशमी, छठ र ईदको शुभकामना आदान प्रदान कार्यक्रम आजै घटस्थापनाको दिन सम्पन्न भएको छ । गते भाद्र १० गते रसुवा, नुवाकोट, धादिङ र गोर्खाको भोटेकोशीमा भयानक बाढीद्वारा अकल्पनीय ज्यान गुमाउनुहुने ज्ञात अज्ञात दिवंगत आत्माहरूप्रति एक मिनेट मौन धारण गरी र राष्ट्रिय गीतद्वारा कार्यक्रम सुरु गरिएको कार्यक्रममा समाजका गन्यमान्य व्यक्तित्वहरूलाई आतिथ्यता आसन ग्रहण गराइएपछि सौरव नेपालद्वारा स्वागत मन्तव्य गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि समाजका प्रमुख सल्लाहकार विराटनगरका पूर्व प्रधानपञ्च एवं क्षेत्रीय प्रशासक ध्रुव नारायण श्रेष्ठ र विशिष्ट अतिथि एवं शिक्षाविद डाक्टर सुरेन्द्र सिटौलाद्वारा सम्मानित हुने व्यक्तित्वहरु चलचित्र निर्देशक एवं अभिनेत्री दीपा श्री निरौला, अन्तर्राष्ट्रिय खेलाडी एवं मोरङ समाजका पूर्व अध्यक्ष बिमल भट्टराई, फुटबल खेलाडी पुनमजङ थापा, अधिवक्ता हरिशंकर कर्ण र मोरङ समाजका पूर्व अध्यक्ष शैलेश आचार्य आदिलाई कदरपत्र र खादाले सम्मान गरिएको थियो । प्रमुख अतिथि ध्रुवनारायण श्रेष्ठले आफूलाई प्रमुख अतिथि नबनाएको भएपनि हुने तर जुनसुकै कार्यक्रम गर्नुको लागि हरेकको आर्थिक, भौतिक मात्र नभएर जोशिलो ऊर्जा पनि हुनुपर्ने र आफूले दर्जनौं ज्यादा समाज सेवामा निस्वार्थ भावना राखी कैयौँ त्याग र समर्पण गरेको कुरा अवगत गराउनुभयो ।त्यस्तै अर्का विशिष्ट अतिथि डाक्टर सुरेन्द्र सिटौलाले –– आफू कवितामा पनि रमाउने कुरा गर्दै “आएको साँझमा आई, रविले कविता लेखु, सत्य र सुन्दर कवितामा तिम्रो सुन्दर छबि देखु ।“ छोटो कविता सुनाउनु हुँदै आफूलाई हरेक कार्यक्रममा एउटा दुःखलाग्दो कुरा –– भाषण सकेपछि उता अमेरिकाले गड ब्लेस यु भन्छ, भारतले जय हिन्द भन्छ, मैले जय नेपाल भनेमा खिया परेको कांग्रेसी भन्छ । तर यो कांग्रेसको मात्र शब्द होइन, मैले मात्रै होइन, हामी सबैले “जय नेपाल“ भन्न पाउनुपर्छ भन्नुभयो । त्यस्तै उहाँले यो मेरो विद्यालय र म संस्थापक भएको हुनाले कहिले साहित्यिक, कहिले साङ्गीतिक आदि रचनात्मक कार्यक्रम गर्नको लागि सधैँ हल सहयोग गर्ने खुल्ला आह्वान गर्नु हुँदै “नजोखेस है यस कर्मको नाफा, सुखको यस तराजुमा, नाफा नोक्सान सबै सुन्ये, मृत्युको यो बजारमा“ भन्दै मिठो कविताको सायरीले बिट मार्नु भएको थियो । उहाँले सबैको पृथक ढङ्गले ध्यानाकार्षण गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुनेहरूमा समाजका सल्लाहकार सीताराम पोखरेल, मोरङ समाजका अध्यक्ष ओम मास्के, खेलाडी बिमल भट्टराई, सम्मानित अभिनेत्री दिपाश्री निरौला आदि हुनुहुन्थ्यो । तीनपैनी समाजको कार्यक्रममा उल्लेख्य सहयोग गर्नुहुने प्रमुख अतिथि ध्रुब नारायण श्रेष्ठ, विशिष्ट अतिथि डाक्टर सुरेन्द्र सिटौला, अध्यक्ष अर्जुन भट्टराई, मोरङ समाजका अध्यक्ष ओम मास्के, गायक सुमित खड्का, समाजसेवी रमेश प्रसाई, निर्मल खतिवडा, सनिश भट्टराई आदिलाई मायाको चिनो “टोकन अफ लभ“ले सम्मान गरिएको थियो । खचाखच भरिएको उक्त कार्यक्रमकी सञ्चालिका समाजकी सदस्य रूपा कोइराला भट्टराई हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्ष अर्जुन भट्टराईले उपस्थित सबैलाई विजयदशमीको शुभकामना दिनुहुँदै आगन्तुक सबैप्रति आभार कृतज्ञ जाहेर गर्नुहुँदै कार्यक्रमको समापन गर्नुभएको थियो । –चन्द्र मादेन आन्छन,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्