समय : ०३:२७ pm | बिहिबार , कार्तिक १३ गते २०८३

फक्तालुङ गाउँपालिकाले किसानलाई एक घर एक करेसाबारी कृषि कार्यक्रम विस्तार गर्दै,

सेवालुङ खवर | असाेज २१ गते २०८३

ताप्लेजुङ ताप्लेजुङको फक्तालुङ गाउँपालिकाले किसानहरूलाई पूर्ण रूपमा लाभ दिने गरी कार्यक्रम एकसाथ अगाडि बढाएको छ । एक घर एक करेसाबारी आधारित व्यावसायिक तरकारी फलफुल खेती तथा कृषि सामग्री वितरण कार्यक्रम र प्लास्टिक टनेल वितरण र एक वडा एक उत्पादन एक साथ गरेको गाउँपालिकाले जनाएको छ । पालिकाको चारवटा कार्यक्रम लाई सहभागी हुने मध्ये कृषक कार्यक्रमको लागि पनि प्रस्ताव पेश गर्न आवान गरेको पालिकाले जनाएको छ। कृषक कार्यक्रममा सहभागी हुन चाहने कुनै कृषकहरूले असोजको अन्तिम हप्ताभित्र आवेदन दिन पनि पालिकाले सूचना मा उल्लेख गराएको छ। कृषि क्षेत्रलाई व्यवसायमुखी बनाउन का लागि अभियानका साथ विभिन्न कार्यक्रमहरूलाई सञ्चालन गर्दै पनि आएको छ। पालिका भरिका किसानहरुलाई अर्गानिक र व्यावसायिक क्षति प्रणालीमा आबद्ध हुन पालिका विशेष महत्व का साथ कार्यक्रम लाई अगाडि बढाउनको लागि फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बुमुक्तिले बताउनुभएको छ। कृषि क्षेत्रलाई बलियो सम्भावनामा राख्दै फक्तालुङ गाउँपालिका कृषि क्षेत्र प्रावधान गर्दै व्यावसायिक खेतीतर्फ किसानहरूलाई आकर्षित बनाउनका लागि पनि पालिका अध्यक्षले बताउनुभएको छ। उत्पादन क्षमतामा अभिवृद्धि गर्दै कृषि क्षेत्रबाट बलियो आर्थिक जीविका पार्जनको लागि पालिकाले केन्द्रित गराउँदै किसानहरूलाई कृषि कार्यक्रम सञ्चालन गर्दै पनि आएको अध्यक्षले जानकारी गराउनुभएको छ। कृषकहरूले फक्ताङ्लुङ गाउँपालिकामा बजारलाई सुनिश्चित गर्न कृषि एम्बुलेन्स समेत सञ्चालनमा ल्याई सकेको छ। फक्तालुङ गाउँपालिकाका मुख्य बजार क्षेत्रहरूलाई मध्यनजर गर्दै संकलन केन्द्र बनाउन कृषि उत्पादन मा बिचौलियाको प्रभाव अन्त्य गर्न किसान र किसानकै लागि हातमा हात मिलाएर अघि सार्नुका साथै कार्यक्रमलाई पूर्णरूपमा अघि सारेको छ। त्यस्तैगरी फक्तालुङ गाउँपालिकाले बजार सुनिश्चित गर्न गराउन स्थानीय सरोकार मार्फत सहुलियत तथा अनुदान दिने कृषि उपजको उत्पादन बढाउने र उत्पादित वस्तुलाई बजार सुनिश्चित गर्न पनि कार्यक्रम मार्फत अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बु मुक्तिले जानकारी गराउनु भएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्