ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकामा शिक्षा महत्वका लागी अबिभावक जागित गर्दै अभिावक सञ्चालन गरेको छ । गत भदौ महिनाको २२ गते बसेको शिक्षा समिती बैठकले सार्वजानिक शिक्षा सुधार अनुसार अविभावक प्रगती र थप जिम्मेवार बन्न वडा टोल,स्तरमा शिक्षा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।पालिका शिक्षा समिती को निर्णय अनुसार प्रत्येक पालिका भरीका टोल बस्तीमा पुगेर शिक्षा अविभावक सचेतना कार्यक्रम विस्तार गरिएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बु मुक्तीले बताएका छन् । प्रत्येक पालिका भरीका टोल बस्तीमा शिक्षा सचेतना अविभावक कार्यक्रममा सहभागी भएर थप हौसला र शोभा बढाउन,र गुनासो प्रतिक्रियाहरु राखिदिन अविभावक हरुलाई अध्यक्ष लिम्बुले आग्रह गर्नु भएको छ । समृद्ध शिक्षित बालबालिका विद्यार्थीलाई सचेतना शिक्षा कार्यक्रम फक्ताङलुुङ गाउँपालिकामा शिक्षा महत्वका लागी थप बलियो बनाउने पनी अध्यक्ष लिम्बुले बताउनु भयो । शिक्षा महत्वका लागी अबिभावक जागित गर्दै अभिावक मार्फत विद्यालयमा विद्यार्थीको नियमित उपस्थिती,गृह कार्य,पढाई प्रती लगन शिलता शिक्षमा सुधार,निगरानी,रहेमामा मात्र शिक्षा सुधार हुने फक्ताङलुङ गाउँपालिकाका सूचना अधिकारी जय प्रसाद रिजाले बताउनु भयो । शिक्षण सिकाईका लागी विद्यालयमा मात्र नभएर घरमै रहेर पनि विद्यार्थीलाई शिक्षा प्रती अविभावकको भुमिका मार्फत शैक्षिक सुधारमा बलियो हुने फक्ताङलुङ गाउँपालिकाले जनाएको छ ।
फक्ताङलुङ गाउँपालिकामा शिक्षा सुधार सचेतना प्रती अविभावक कार्यक्रम








