समय : ०९:३९ pm | बिहिबार , कार्तिक १३ गते २०८३

ताप्लेजुङको दोभान बजारमा आगलागी बाट १० घर जलेर नष्ट,१७ घरपरिवार विस्थापित,

सेवालुङ खवर | असाेज ८ गते २०८३

२०८३ अशोज ८ गते बिहीबार। ताप्लेजुङको दोभान बजारमा १० घर जलेर नष्ट भएका छन्। मेरिङदेन गाउँपालिकामा पर्ने दोभान बजारमा बिहिबार दिउँसो आगलागी हुँदा १० घर जलेर नष्ट भएपछि आगलागीबाट १७ घरपरिवार विस्थापित भएको थियो। त्यस्तैगरी दिउँसो १ ः ३८ बजे, बाट सुरु भएको आगलागीमा लाक्पाचुङ शेर्पा र भीम लिम्बुका दुईवटा घर जलेर नष्ट भएको र चन्द्र प्रसाद पौडेल ,याम बहादुर आङबुहाङ, घनश्याम खरेल, राजु शेर्पा, शुक्रवीर लिम्बु र राजेन्द्र पौडेलको एक एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागी भएपछि भीम लिम्बुको घरमा बस्दै आएका अनिता बि.क सुमन लिम्बु ,लाक्पा शेर्पा, आरती लिम्बु र श्याम चोङबाङको धनमाल सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने केही आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक कमल बजगाईंले जानकारी गराउनु भएको छ । आगलागी कसरी भएको हो भन्ने विबरण खोल्न सकेको छैन । उक्त स्थानमा आगलागी भएपछि नियन्त्रणमा लिन स्थानीयवासी सुरक्षाकर्मी तथा उपलब्ध साधनहरूको प्रयोग गरिएको थियो। आगलागी भएर पीडित परिवारका लागि भने तत्कालै राहत व्यवस्था गरिने नेपाल रेड क्रस सोसाइटी ताप्लेजुङ शाखा ले जनाएको छ । आवश्यकता अनुसार ध्यानमा राखेर राहत सामग्री पनि उपलब्ध गराउने तयारी भएको ताप्लेजुङ रेडक्रस शाखाले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्