समय : ११:०१ am | शनिबार , भाद्र २७ गते २०८३

फक्ताङलुङ गाउँपालिकाद्धारा एक विद्यालय एक करेसाबारी कृषि शिक्षा कार्यक्रम,

सेवालुङ खवर | भाद्र २४ गते २०८३

ताप्लेजुङ, भदौ २४ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले एक विद्यालय एक करेसाबारी एक शिक्षक– एक
बिरुवा कार्यक्रमलाई कृषि शिक्षा तथा प्रयोगात्मक सिकाई केन्द्रित गर्ने भएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति) का अनुसार वातावरण संरक्षण, कृषि, शिक्षा र प्रयोगात्मक सिकाईलाई संस्थागत गर्न पालिकाले प्रत्येक बिद्यालयमा एक विद्यालय एक करेसाबारी, एक शिक्षक एक बिरुवा कार्यक्रम कार्यान्वयन गर्दै आइरहेको छ । अतिरिक्त र प्रयोगात्मक सिकाईको रुपमा वातावरण संरक्षण र कृषि शिक्षालाई बिद्यालय तहबाटै अघि बढाउने योजना अनुरूप पालिकाले चालु शैक्षिक सत्र २०८३१८४ मा समेत उक्त कार्यक्रमलाई निरन्तरता दिने पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । वातावरण संरक्षणका क्रियाकलाप बिद्यालय तहबाटै सुरु गरेमा यसको प्रभाव समग्र अभिभावकमा समेत पर्ने भएकोले यो कार्यक्रम प्रभावकारी हुने पालिकाको बुझाई रहेको छ बिद्यालयमे करेसाबारीको निर्माण गरी शुद्ध कृषि उत्पादनको व्यवहारिक ज्ञान समुदायसम्म पु–याउन पालिकाले यस्तो नीति अवलम्बन गरेको समेत पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । करेसाबारी निर्माण र व्यवस्थापनमा बिद्यार्थी तथा शिक्षक दुबेको सहभागिता हुने र वृक्षरोपण र त्यसपछिको सम्भारमा बारेमा समेत ज्ञान प्रेषित हुने भएकोले पालिकाले यो कार्यक्रमलाई शैक्षिक नमूनाको रुपमा लिएको जनाएको छ । यसबाहेक पालिकाले स्थानीय पाठ्यक्रमको निर्माण गरी आधुनिक र अर्गानिक कृषि प्रणाली तथा जैविक विविधता संरक्षणका विभिन्न उपायहरु बिद्यार्थीमार्फत समुदाय लैजाने योजना बनाएको छ । मातृ भाषामा आधारित शिक्षा तथा पालिकाले निर्माण गरेको पञ्चबर्षिय शिक्षा योजनालाई पूर्ण रुपले कार्यान्वयन गर्नेगरी पालिकाले स्थानीय मौलिकता, इतिहाँस, संस्कृति, भाषा जैविक विविधता तथा कृषि र औद्योगिक क्षेत्रका परम्परागत ज्ञान र सीपलाई बिद्यालयसंग जोड्ने योजना बनाएको जनाएको छ। पालिकाले शिक्षा क्षेत्रमा दातृ साझेदार निकायको रुपमा सहयोग गरेका हिमालयन डेभलपमेन्ट फाउण्डेसन अष्टेलिया फेज नेपाल, ओपन लर्निङ एक्सचेञ्ज नेपाल, एचपिएफ, रिड नेपाल, सार्मथ्य फाउण्डेसन, पुतली सहयोग र बुद्धिष्ट समाज नेपाल लगायतका दातृ निकायबाट प्राप्त शैक्षिक अनुभवलाई पालिकाका सबै विद्यालयमा निरन्तरता दिने भएको छ । शैक्षिक दातृ निकायबाट प्राप्त डिजिटल शिक्षा शिक्षक क्षमता विकास तथा विद्यार्थी केन्द्रित सिकाई प्रणालीलाई सबै बिद्यालयमा निरन्तरता दिने पालिकाको योजना रहेको छ ।– खगेन्द्र अधिकारी

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्