ताप्लेजुङ इम्बिरी थाङ्वामा वहोतका प्रभावशाली राजा ’माबोहाङ’को इतिहास, वंशबृक्ष र मुन्धुम समेटिएको ’थाकथाकुम माबोहाङ वंशावली’, नेपालको राष्ट्रिय अभिलेखालयमा अभिलेखिकरण गरिएको छ । गोर्खाले पल्लो किरात भनेर उपमा दिएको ’लिम्बुवान’को इतिहास, दस्तावेज, याक्थुङ समुदायको दस्तावेज र माबोहाङको बिस्तृत इतिहास संग्रहित वंशावली थाकथाकुम माबोहाङ वंश उत्थान प्रतिष्ठान, नेपाल अध्यक्ष आलोक माबोहाङ लिम्बूको अग्रसरतामा अभिलेखिकरण गरिएको हो । थाक थाथाकुम माबोहाङ वंश उत्थान प्रतिष्ठान, नेपाल र थाकथाकुम माबोहाङ वंशावली प्रकाशन समितिद्वारा प्रकाशित माबोहाङको ऐतिहासिक स्थल, विशेषता, इतिहास, वंशबृक्ष र मुन्धुम समेटिएको ’थाकथाकुम माबोहाङ वंशावली’ ३२+३९८=४३० पेजको छ । माबोहाङ वंशको इतिहासमा कोशोढुङ्गाको रुपमा लिईएको दस्तवेज र वंशावली पुस्तक (हार्ड कपी)लाई राष्ट्रिय अभिलेखालयमा अध्ययन, अनुसन्धान र संरक्षणार्थ अभिलेखिकरण गरिएको संस्थाका अध्यक्ष, बंशावली प्रकाशन समिति संयोजक तथा संकलक, लेखक आलोक माबोहाङले जानकारी दिए । वंशावलीको डिजिटक कपी भने, डिजिटाइज गरी नितान्त राष्ट्रिय अभिलेखालयमा अभिलेख प्रयोजनार्थ मात्र प्रयोग हुनेगरी अभिलेखिकरण गरिएको छ ।वंशावली अभिलेखिकरण पछि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत राष्ट्रिय अभिलेखालय, रामशाह पथ, काठमाण्डौंबाट थाकथाकुम माबोहाङ वंश उत्थान प्रतिष्टान, नेपाल र वंशावली प्रकाशन समिति, फक्ताङ्लुङ गाउँपालिका ४ नम्बर वडा, सङ्सङबोलाई पुस्तकालय अधिकृत बसन्तराज पन्थको हस्ताक्षर भएको हार्दिक धन्यवाद पत्र प्रदान गरिएको छ । उक्त धन्यवाद पत्रको पत्र संख्या ०८३/८४ र चलानी नम्बर ८१ हो ।https://www.mabohang.com/ बाट साभार गरिएको
धन्यवाद पत्र हेर्नुहोस :









