समय : ११:०१ am | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङमा मुकुम्लुङ साहित्य प्रतिष्ठानद्धारा साहित्यिक पदयात्रा सम्पन्न

सेवालुङ खवर | भाद्र ६ गते २०८३

२०८३ भदौ ६ गते शनिवार । ताप्लेजुङमा आज मुकुम्लुङ साहित्य प्रतिष्ठानले सद्भाव एकता र विश्व सान्तीका लागी साहित्यिक पदयात्रा गर्नुका साथै प्रथम साधरण सभा सम्पन्न गरेको छ । मुकुम्लुङ साहित्य प्रतिष्ठानको आयोजना र डिचेन डोङला आँखा स्मारकका प्रमुख काजिमान गुरुङ सहयोगमा ताप्लेजुङको फुङलिङ बजार पराजुली चोक बाट पर्यटकिय स्थल सुकेटार सम्मको प्रतिष्ठानले साहित्यिक पदयात्रा गरेको थियो । मनिष हल्लोकको अध्यक्षता र प्रमुख अतीथिती भरत गुरुङ, विशिष्ट अतिथीमा डिल्ली रमण बराल ,चन्द्र मादेन आन्छन,काजिमान गुरुङ,लगायत अन्यका उपस्थिती रहेको ताप्लेजुङ मुकुम्लुङ साहित्य प्रतिष्ठानले जनाएको छ । उक्त पदयात्रामा ताप्लेजुङका अग्रज साहित्य सर्जक, कवि,साहित्य प्रेमि र अग्रज स्रष्टाहरुको बाक्लो उपस्थिती रहेको थियो । शनिवार विहान ७ ३० बजे सुरु भई सुकेटार क्षेत्रमा पदयात्रा सम्पन्न भएको ताप्लेजुङ मुकुम्लुङ साहित्य प्रतिष्ठान अध्यक्ष मनिष हल्लोकले जानकारी प्राप्त गराएको छ । मुकुम्लुङ साहित्य प्रतिष्ठानको साहित्यिक पदयात्रा सुकेटार क्षेत्रमा सम्पन्न भए पश्चात साहित्य सर्जक, कवि,साहित्य प्रेमि र अग्रज स्रष्टा हरुले र विभिन्न सञ्चार कर्मीहरु र अन्य उपस्थिती सहभागीहरुले शुभकामना मन्तब्य रखेका थिए । त्यस्तैगरी प्रतिष्ठानले अग्रज कवी स्रष्टा भरत गुरुङ र चन्द्र मादेन आन्छन,काजिमान गरुङलाई दासल्ला आढाई सम्मान गराएका थिए । उक्त कार्याक्रमको अवसरमा प्रथम साधरण सभाले प्रथम अधिवेशन निर्वाचन बाट लिटल बुद्ध ईङलिस बोर्डिङ स्कुलका प्र.अ. यूवराज गिरीको संयोजकतामा १४ कार्य समिती चयन भएको प्रतिष्ठानका अध्यक्ष मनिष हल्लोकले जानकारी गराएको छ ।

फोटो:तस्विर बसन्त लिम्बु लाबुङ

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्