समय : ११:०१ am | शनिबार , भाद्र २७ गते २०८३

लाखेजात्राको अवसरमा याक्थुङ् मुन्धुम्मी कथामा आधारित छुटिएको गाउँ प्रर्दशन हुने

सेवालुङ खवर | भाद्र ३ गते २०८३

ताप्लेजुङमै लाखेजात्राको अवसरमा पहिलो पटक प्रीमियर सो छुटिएको गाउँ याक्थुङ् लिम्बु मुन्धुम कथामा आधारित नेपाली चलचित्रको भव्य प्रदशन हुने भएको छ । तमोर सभ्यतालाई ताप्लेजङ जिल्लाको तमोर खोलामा रहेको सयौं मुन्धु स्थलहरुलाई विश्व ब्यापीरुपमा प्रचार गर्नका लागि त्यस्कै उदेश्यले निमार्ण गरिएको हो । उक्त मुन्धुम कथामा आधारित नेपाली चलचित्र लाखे जात्राको अवसरमा यहि मिती २०८३ भदौ सात गते बाट ताप्लेजुङ सदर मुकाम हाटल जानुइनको हलमा प्रीमियर सो दिनको १ वजे वाट एक सो प्रर्दशन हुने भएको छ । अन्य सो भने दुई पटक हुने भएको तमोर टेलिभिजनका ब्रोसिश माबोहाङ याक्थुङले जानकारी गराउनु भएको छ । छुटिएको गाउँ याक्थुङ् मुन्धुम्मा आधारित कथा नेपाली चलचित्र हेर्नका लागी त्यस्तै टिकट पाइने स्थान ताक्मे डाँडा होटल साइनो,होटल जानुइनमा पाउनुका साथै, तमो टेलिभिजन फेस बुक पेज र ९८४५४६८७७० र ताप्लेजुङ प्रोडक्सन कम्पनी,९८६३००९७२४मा सम्र्पक गर्न सक्नुहुने छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्