ताप्लेजुङ साउन २४ मुकुमलुङ साहित्य प्रतिष्ठानको आयोजनामा साहित्यकार चन्द्र मादेन आन्छनका कथा सङ्ग्रहको समीक्षात्मक विमर्श र खुल्ला कविता वाचन कार्यक्रम बाक्लो सहभागीहरूको बीच संस्थाका अध्यक्ष मनिष हेल्लोको सभापतित्वमा आइतबार ताप्लेजुङमा सुसम्पन्न भएको छ । स्थानीय फुङलिङ्ग नगरपालिका सदरमुकामको जानु इन होटलमा भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरूमा प्रदेश सभा पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, प्राज्ञ रविमान लमजेल र विशेष अतिथिहरूमा बौद्धिक व्यक्तित्व साहित्यकारहरू हर्क यक्सो, भरत गुरुङ, समाजसेवीहरु सुन्दर मोहन शाक्य, रामचन्द्र नेपाल, कृतिमान मादेन, प्रिन्सिपल युवराज गिरी, नेपाली कांग्रेसका जिल्ला अध्यक्ष गजेन्द्र तुम्याहाङ, उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास गौतम, क्याम्पस चिफ सजन पौड्याल, प्राज्ञ सुरज मादेन, हेडमास्टर किशोर राई, पत्रकारहरू खगेन्द्र अधिकारी, कृष्ण फुरुम्बो, सन्तोष पुर्कोटी, बसन्त लिम्बु लगायत थुप्रै गन्यमान्य व्यक्तित्वहरूको उपस्थित रहेको थियो । कथाका सर्जक एवं प्रतिष्ठानका प्रमुख सल्लाहकार आन्छनले स्वागत मन्तव्य राख्नुहुँदै उपस्थित सबैलाई धन्यवाद प्रकट गर्नुहुँदै एउटा कविताबाट सुरु गर्नुभएको उक्त कार्यक्रममा आन्छनका कथाहरूको समीक्षात्मक विमर्श वरिष्ठ साहित्यकार हर्क यक्सो र साहित्यकार नवराज आचार्यले गर्नुभएको थियो । भने शुभकामना मन्तव्य पूर्व प्रदेश सभाक मन्त्री बलबहादुर साम्सोहाङ, पत्रकार खगेन्द्र अधिकारी, युवराज गिरी, गजेन्द्र तुम्याहाङ, सुन्दरमोहन शाक्य, भरत गुरुङ, विकास गौतम, २ नम्बर वडाध्यक्ष मोहन न्यौपाने आदि सबैले कार्यक्रमको उच्च मूल्याङ्कन र प्रशंसा गर्नुभएको थियो ।सो समारोहमा तीन दशक ज्यादा ताप्लेजुङको साहित्यिक माटीखोरे सुकार्य गर्नुभएका प्राज्ञ रविमान लम्जेललाई उच्च मूल्याङ्कन गर्दै ताम्रपत्र खदा र केही नगदले सम्मान गरिएको थियो । कवि लीला आँसुद्वारा सञ्चालित खुल्ला सिर्जना वाचन गर्ने स्रष्टाहरूमा ७५ वर्षका वृद्ध साहित्यकार देखि १० वर्षका बाल साहित्यकारहरूसम्म, विभिन्न पार्टीका नेता नेतृत्व साहित्यकारहरू सहित ५० जनाभन्दा बढी श्रष्टाहरूले प्राय नेपाली भाषामा गद्य, पद्य, छन्द कविता, गजल, मुक्तक, गीत आदि प्रस्तुत गर्नु भएता पनि अङ्ग्रेजी र लिम्बु भाषामा पनि सृजना सुनाइएको थियो । सो साहित्यिक समारोहमा सुनिता भुर्तेल पौड्याल, नवराज आचार्य, गणेश लङ्गवा, खगेन्द्र कुमार कार्की, मणिकुमार लिम्बु, सीता पिरती, निमा विश्वकर्मा, जीवन कालिकोटे, उदय भट्टराई, लेकाली कान्छा, बिरही कान्छा, पोष्टबहादुर गुरुङ, रविन्द्र केदेम, लक्ष्मी चुडाल, तेजकुमार मैनाली, रिता घिमिरे घायल, निर्मला पौडेल, रमेश पौडेल, उमेश अधिकारी, मिङ्सोहाङ मादेन, नियाराफुङ मादेन, डम्बर बिक, भरत गुरुङ, निमा शेर्पा, मानसिंह राई, चन्द्र मादेन आन्छन, गजेन्द्र तुम्याहाङ, हर्क यक्सो, बल ब। सामसोहाङ, लिला आँसु, सरिता गुरुङ आदि कविहरुले देशभक्ति, क्रान्तिकारी, श्रृंगारस, वीर रस, रौद्र रस, करुणा रस, र हाँस्य रस आदि मन्त्रमुक्त पार्ने रचनाहरू सुनाउनुभएको थियो । बाक्लो सहभागीहरूले गर्दा साढे पाँच घण्टा ज्यादा चलेको साहित्यिक कार्यक्रममा नेत्र ज्योति सङ्घका इन्चार्ज एवं स्रष्टा काजी गुरुङले विभिन्न गीतको सुमधुर बासुरी धुन बजाउनु भएर सबैलाई मोहित पार्नुभएको थियो । सो समारोहमा प्रमुख अतिथि उमेश कुमार दाहाल स्रष्टा काजी गुरुङ र वरिष्ठ स्रष्टा हर्क याक्सोलाई आयोजकको तर्फबाट टोक्कन अफ ल र सिर्जना वाचनमा सहभागी हुनुहुने सम्पूर्ण कविहरूलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । अन्त्यमा ६ घण्टासम्म धैर्य धारण गर्नुहुने प्रमुख अतिथि दाहालले सो कार्यक्रमको आफूलाई अतिथि बनाउनुहुने आयोजक प्रति आभार प्रकट गर्नुहुँदै, ताप्लेजुङमा पनि यति धेरै उत्साहित सृजनशील देख्नु भएर आफू मुग्ध प्रभावित भएको कुरा सुनाउनु भएको थियो । अन्तिममा कार्यक्रमको सभापति मनिष हेल्लोकले नजानिँदो पाराले केही कमीकमजोरी भएमा क्षमा याचना माङ्दै, सबै प्रति आभार प्रकट गर्नुहुँदै कार्यक्रमको विसर्जन गर्नुभएको थियो ।–साभार सहित्य पोष्ट,
ताप्लेजुङमा मादेनको कृतिचर्चा तथा कविता प्रतियोगिता सम्पन्न








