ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले गिटी, बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको उत्खनन् गर्न प्रतिवन्ध लगाएको छ । गाउँपालिकाले आगामी भदौ मसान्तसम्मका लागि पालिका क्षेत्रभित्र नदीजन्य पदार्थको उत्खनन् गर्न प्रतिवन्ध लगाएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाले आउँदो भदौ ३१ गतेसम्म गिटी, बालुवाजस्ता नदीजन्य पदार्थको उत्खनन् गर्न पूर्णरुपमा प्रतिवन्ध गरिएको उल्लेख गर्नुभयो । तोकिएको अवधिभर नदीजन्य पदार्थको उत्खनन् अर्थात गिटी, बालुवा झिक्ने, ओसारपसार गर्ने कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने शेर्पाले बताउनुभयो । उहाँका अनुसार पालिका क्षेत्रभित्र रहेका नदीनाला तथा खोला खोल्सी बाट ढुङ्गा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन्, सङ्कलन तथा बिक्री वितरण र ओसार–पसार गर्न नपाइने भएको छ ।नेपाल सरकारद्वारा जारी गरिएको मापदण्डअनुसार नदीजन्य पदार्थको उत्खनन् गर्न प्रतिवन्ध लगाएको गाउँपालिकाले जनाएको छ ।– चन्द्र पन्दाक,
ताप्लेजुङको मैवाखोला गाउँपालिकाद्धारा नदीजन्य पदार्थको उत्खनन् गर्न प्रतिवन्ध,








